एनएमबि बैंकले ल्यायो ११.९९ प्रतिशत स्थिर ब्याजदरको घरकर्जा योजना

367B408218B985F-icon.png
1620views
B65382D0B0729E2-NMB-final.jpg

काठमाडौं । एनएमबि बैंकले ११.९९ प्रतिशत स्थिर (फिक्स) ब्याजदरको नयाँ घरकर्जा योजना घोषणा गरेको छ ।

१५ वर्ष अवधिसम्मको यो नयाँ घरकर्जा योजनाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्‍याउने बैंकको विश्‍वास छ । 

उक्त योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्‍याउने छ । 

यस कर्जा योजनाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार–चढाव वा ब्याज दरहरूमा परिवर्तन भएता पनि उनीहरूको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ भनी विश्‍वस्त हुन सक्ने बैंकले जनाएको छ । 

‘घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो, हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्व बुझ्छौं,’ बैंकका सीइओ सुनील केसीले भने । 

एनएमबि बैंकले विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । 

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरी सकेकको छ 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो