बजेटको अभावले काभ्रेमा नमुना एकीकृत बस्ती निर्माण अलपत्र

नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण केही महिनादेखि काम रोकिएको छ । छ घर निर्माण गर्न बाँकी रहेको निर्माण समितिले जनाएको छ ।

367B408218B985F-icon.png
672views
7B5A585D1F22384-Kavre-final.jpg

काभ्रेपलाञ्‍चाेक । बजेट अभावमा काभ्रेपलाञ्‍चाेकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती अलपत्र परेको छ । पाँच वर्षअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको उक्त बस्ती निर्माणअन्तर्गत केही घर बन्‍न बाँकी छन् भने बनेका घरको ‘फिनिसिङ’ गर्न बाँकी छ ।

नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण केही महिनादेखि काम रोकिएको छ । छ घर निर्माण गर्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । बस्ती निर्माण सम्पन्‍न हुनुअघि नै प्राधिकरणको म्याद सकिएपछि घर निर्माण तथा फिनिसिङको काम अलपत्र बनेको हो ।

बाँकी काम सम्पन्‍न गर्नका लागि नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताए । उनका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइएको छ ।

नगरप्रमुख टोकबहादुर वाइबाले पहिलो चरणमा लगेको पेस्की फर्छ्यौट भएपछि बस्ती निर्माणका लागि उपलब्ध गराउने रकम निकासा गरिने बताए । यसअघि पालिकाले १० लाख रुपैयाँ सहयोग गरेको थियो । प्राधिकरणबाट समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो ।

समितिका अध्यक्ष आइतमान तामाङले पटकपटक ५४ लाख रुपैयाँ ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणलाई निरन्तरता दिइएको बताए । समितिका अनुसार प्राधिकरणबाट विभिन्‍न मितिमा दुई करोड ८० लाख रुपैयाँ निकासा भएको छ ।

तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण थालिएको हो । एकतले तीनकोठा भएका एकै डिजाइनका घर निर्माण सम्पन्‍न गर्न जनश्रमदानबाहेक १३ लाख रुपैयाँ लाग्‍ने समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

स्थानीय पञ्‍चकुमारी तामाङ एकीकृत बस्ती निर्माणार्थ दुई वर्षअघि एक सय ५० दिन खटेकी थिइन् । नमुना तामाङ बस्ती निर्माण थालेपछि कामको दिन हेरेर उनीसँगै गाउँका महिला, पुरुष जनश्रमदानमा जुटेका थिए । ‘गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्‍ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउथ्यौँ, अहिले पैसा छैन भनेर काम रोकिएको सुनेका छौं’, पञ्‍चकुमारीले भनिन् ।

उनले आफूलाई भूकम्पमा घर भत्किएवापत सरकारले दिएको अनुदानको पहिलो किस्ता ५० हजार पाँच वर्षअघि सोही बस्ती निर्माणका लागि दिएकी थिइन् । सरकारसँग सम्झौता गरी तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्‍न शीर्षकमा एक करोड ४० लाख रुपैयाँ निकासा भएको थियो । स्थानीय विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत सहयोग गरिरहेको बताए । ‘भूकम्पपीडितको आवास निर्माणका लागि भनेर आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि बस्ती निर्माणमा खर्चिइएका छौं’ उनले भने ।

बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्ने सम्झौता गरिएको छ । ४० लाखमा निर्माण भएको सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्‍ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायत सामाग्री सङ्ग्रहित गरिने समितिका अध्यक्ष तामाङले बताए । उनका अनुसार बस्तीको बीचमा बगैँचा बन्‍ने छ । ‘छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० घर निर्माण गरिएको हो’, उनले भने ।

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल