दुई अर्ब लगानीमा भरतपुर एयरपोर्टको नयाँ टर्मिनल भवन बन्दै, प्रधानमन्त्रीद्धारा शिलन्यास

दुई तले नयाँ टर्मिनल भवन ७ हजार ७४९ वर्गमिटर क्षेत्रफलको हुनेछ । टर्मिनल भवन आधुनिक सुविधा सम्पन्न हुने र समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको लक्ष्य छ ।

367B408218B985F-icon.png
513views
A3B2A065D2D7A47-Bharatpur-Airport-final.jpg

काठमाडौं । पुरानो टर्मिनल भवनले यात्रुको चाप थेग्‍न नसकेपछि चितवनको भरतपुर विमानस्थलमा आधुनिक सुविधायुक्त नयाँ टर्मिनल भवन निर्माण सुरु भएको छ । 

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भव्य समारोहबीच टर्मिनल भवनको शिलन्यास गरे ।

टर्मिनल भवन निर्माणमा एक अर्ब ९२ करोड रुपैयाँ लगानी ७१ लाख रुपैयाँ लगानी लाग्‍ने भएको छ । टर्मिनल भवन निर्माणका लागि ६ चैत २०७० मा केसी–क्षमादेवी–प्रतिष्ठा कम्पनीसँग भ्याटबाहेक एक अर्ब २७ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौतापत्र अनुसार ठेकेदार कमपनीले तीन वर्षभित्र टर्मिनल भवन निर्माण गरिसक्नुपर्ने छ । 

दुई तले नयाँ टर्मिनल भवन ७ हजार ७४९ वर्गमिटर क्षेत्रफलको हुनेछ । टर्मिनल भवन आधुनिक सुविधा सम्पन्‍न हुने र समयमै निर्माण सम्पन्‍न गरी सञ्‍चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको लक्ष्य छ ।

यस्तै, विमानस्थलको धावनमार्ग समेत विस्तार गर्ने तयारी भइरहेको छ । सोही अनुरुप नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ । 

धावनमार्ग विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ । अहिले भरतपुरमा ११५८ मिटर लम्बाई र ३० मिटर चौडाइको धावनमार्ग छ । 

यदि धावनमार्ग विस्तार गरिएमा ठूला जहाजबाट पनि उडान गर्न सकिने छ भने इन्स्ट्रुमेन्ट फ्लाइट रुल (भिएफआर) प्रविधि जडान गरी रात्रीकालीन उडानसमेत हुनेछ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल