नारायणी किनारमा खुल्यो सामुद्रिक किनारको झल्को दिने रिसोर्ट

गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले रिसोर्टको उद्घाटन गर्दै यस क्षेत्रको समग्र विकासमा रिसोर्टले टेवा पुग्ने बताइन् । 

367B408218B985F-icon.png
4181views
FE3E30D8F7AED01-1680686986-IGb6E.jpg

काठमाडौं । नवलपुर गैंडाकोटको कुसुमघाटस्थित नारायणी नदी किनारमा नयाँ रिसोर्ट सञ्‍चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोशी किनारमा चर्चित ‘सुकुटे बिच रिसोर्ट’ सञ्‍चालन गरिरहेका महेन्द्र सिंह थापाले मंगलबारदेखि गैंडाकोटमा ‘नारायणी बिच एड्भेन्चर रिसोर्ट’ सञ्‍चालनमा ल्याएका हुन् । 

गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले रिसोर्टको उद्घाटन गर्दै यस क्षेत्रको समग्र विकासमा रिसोर्टले टेवा पुग्‍ने बताइन् । 

‘रिसोर्टले स्थानीय उत्पादनलाई खपत गर्नुपर्छ, यहाँका तरकारी र अन्‍नबालीलाई प्रयोगमा ल्याउनुपर्छ’ उनले भनिन् ‘रिसोर्टले गैंडाकोटको पर्यटनलाई माथि उठाउन भूमिका खेल्ने नै छ ।’

सञ्‍चालक थापाले गैंडाकोटमा पर्यटनको सम्भावना देखेर रिसोर्ट सञ्‍चालनमा ल्याएको बताए । झन्डै १५ करोड रूपैयाँ लगानी भइसकेको सोर्टमा २१ डिलक्स रुम रहेका छन् भने सातवटा थपिँदै छन् । रिसोर्टमा विशाल स्वीमिङ पुल र थाइल्यान्डकै जस्तो ‘जेट स्काइज’ पनि रहेको छ ।

विदेशतिर सामुद्रिक किनारमा हुने रिसोर्टकै थिममा नारायणी बिच एड्भेन्चर रिसोर्ट निर्माण गरिएको छ ।

चितवनको सौराहा, मेघौली र देवघाट क्षेत्रमा घुम्‍न आउने पर्यटनले अन्य क्षेत्रमा पनि घुम्‍ने चाहना राख्‍ने भएकोले नारायणी किनारमा अवस्थित गैंडाकोट क्षेत्रको पर्यटनलाई विकास गर्न सकिने सम्भावना आफूले देखेर रिसोर्ट सञ्‍चालनमा ल्याएको थापाको भनाई छ ।

याफ्टिङ र ट्रेकिङको अनुभवबाट रिसोर्ट व्यवसायमा आएका उनी ट्रकिङ एजेन्ट एशोसियसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष समेत हुन् । उनले यसअघि नै नारायणी किनारमा ‘जेट बोट’ चलाउँदै आइरहेका छन् । अत्याधुनिक प्रविधिका जेट स्काइज र जेट बोट भित्र्याएर नारायणीमा पर्यटकलाइ सेवा दिने उनको तयारी छ ।

ठूलो लगानीको रिसोर्ट सञ्‍चालनमा आउँदा गैंडाकोट क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नमा ठूलो भूमिका खेल्ने गैंडाकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाले बताए ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल