चोभारमै बन्‍ने भयो बञ्‍जी, स्वीङ र जिपलाइन, साहसिक पर्यटनको एकीकृत प्याकेज तयार हुँदै

काठमाडौंका युवाहरुको घुम्न जाने चर्चित ठाउँ चोभारमा ३ अर्ब रुपैयाँ लगानीमा लक्जरी होटेलसहित साहसिक पर्यटकीय प्रडक्टहरु तयार हुने भएका हुन् ।

367B408218B985F-icon.png
3068views
E688639FAEEC6C4-Chovar-final.jpg

काठमाडौं । साहसिक खेल बञ्‍जी, स्वीङ, जिपलाइन भन्‍ने वित्तिकै पोखरा, कुस्मा, भोटेकोशी वा धुलिखेलको याद आइहाल्छ । अझ स्काइ साइक्लिङ गर्न रहर जाग्यो भने पनि कुस्माको ‘द क्लिफ’मा कुदिहाल्नुपर्ने अवस्था छ ।

तर, अब बञ्‍जीदेखि स्काइ साइक्लिङसम्मका साहसिक गतिविधिहरु काठमाडौंभित्रै उपलब्ध हुने भएका छन् । जेबी एडभेञ्‍चर प्रालिले कर्तिपुरको चोभारमा होटेल, बञ्‍जी, स्वीङ, स्काइ साइक्लिङलगायत साहसिक मनोरञ्‍जनात्मक खेलहरुको एकीकृत प्याकेज सञ्‍चालनमा ल्याउने भएको छ । 

काठमाडौंका युवाहरुको घुम्न जाने चर्चित ठाउँ चोभारमा ३ अर्ब रुपैयाँ लगानीमा लक्जरी होटेलसहित साहसिक पर्यटकीय प्रडक्टहरु तयार हुने भएका हुन् । यसका लागि १९ वैशाखमा जेबी एडेभञ्‍चर प्रालि उद्योग विभागमा दर्ता भएको छ ।

शतप्रतिशत स्वदेशी लगानी रहने कम्पनीमा २ अर्ब ९३ करोड रुपैयाँ फिक्स्ड क्यापिटल र ७ करोड रुपैयाँ वर्किङ क्यापिटल रहने उल्लेख छ । 

परियोजनाअन्तर्गत चोभारमा ४६ कोठाको लक्जरी होटेल निर्माण हुनेछ, जहाँ ६० सिट क्षमताको रेष्टुरेन्ट हुनेछ । वार्षिक ५० हजारलाई बञ्जी र ७० हजारलाई जिपलाइन चढाउने कम्पनीको उद्देश्य छ ।

यस्तै, सिसाको पुलमा स्काइ वाक तथा रक क्लाइम्बिङको सुविधा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । वार्षिक ७० हजारले स्काइवाक र ४० हजारले रक क्लाइम्बिङ गर्न सक्नेछन् ।  

बच्चाहरुका लागि विशाल चिल्ड्रेन पार्क पनि निर्माण गरिने भएको छ । चिल्ड्रेन पार्कले एक वर्षमा एक लाख बच्चहरुलाई सेवा दिने लक्ष्य छ ।

यो परियोजना सञलनमा आउँदा डेढ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने ५ सय केभीए क्षमताको प्रशारण लाइन आवश्यक पर्नेछ ।

ठूलो जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकामा घुम्न जाने ठाउँहरु अत्यन्तै कम छन् । खुला ठाउँको अभावले मान्छे उकुसमुकस भएर बस्‍नुपर्ने अवस्था छ । केही वर्षअघि सञ्‍चालनमा आएको चन्द्रागिरी केवलकार स्वदेशी तथा विदेशी धेरैका लागि घुम्न जाने नयाँ थलो बनेको छ ।

पुरै उपत्यका छर्लङ्ग देखिने चन्द्रागिरी डाँडोमा लक्जरी रिसोर्टसहित जीपलाइन, केवलकार, चिल्ड्रेन पार्कलगायत सुविधा उपलब्ध छन् ।

काठमाडौंको कमलादीमा पनि ठूलो लगानीमा स्काइ वाक टावर बन्दैछ । यस्तै, तौदहबाट चम्पादेवी डाँडोमा केवलकार बनाइँदैछ भने गोदावरीबाट फुलचोकी डाँडोसम्म पनि केवलकार बनाउने योजना छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल