धरहराभन्दा अग्लो बनाइँदै 'काठमाडौं भ्यु टावर', १४ तला थपेर २६ तले बनाउने तयारी

यसअघि टावर २९ तलाको बनाउने तयारी गरिएको भएपनि ०७२ को भूकम्पपछि काठमाडौं महानगरपालिकाले १२ तला मात्र बनाउन स्वीकृति दिएको थियो ।

367B408218B985F-icon.png
2605views
420D6F20448D1BF-KTM-view-tower-final.jpg

काठमाडौं । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं भ्यु टावर २६ तलाको बनाउने तयारी भएको छ । अहिले १२ तलासम्म मात्रै निर्माण भएको टावरलाई १२ देखि १४ तला थप्‍ने तयारी भएको हो ।

यसअघि टावर २९ तलाको बनाउने तयारी गरिएको भएपनि ०७२ को भूकम्पपछि काठमाडौं महानगरपालिकाले १२ तला मात्र बनाउन स्वीकृति दिएको थियो ।

पुल्चोक इञ्‍जिनियरिङ क्याम्पसले भवन निर्माणको प्राविधिक जाँच गरेर अझै तला थप्‍न सकिने सुझावसतिको प्रतिवेदन महानगरलाई बझुाएको छ । भवन निर्माण मापदण्ड अनुसार नै भएकोले तला थप्न सकिने प्रतिवेदनमा उल्लेख छ । 

पुल्चोक इञ्‍जिनियरिङ क्याम्पसले बुझाएको प्रतिवेदन अध्ययन गरेर तला थप्न दिने तयारी महानगरको छ । तर, कति तला थप्न दिने भन्‍ने विषय प्रतिवेदन अध्ययन गरेपछि मात्रै यकिन हुने महानगरले जनाएको छ ।

पुल्चोक क्याम्पसले हालसम्म निर्माण भएको संरचना कस्तो छ ? निर्माण सामग्री कस्तो प्रयोग गरिएको छ ? मापदण्ड पुगेको छ कि छैन ? तला थप्न मिल्छ कि मिल्दैन ? कति तलासम्म थप्न मिल्छ ? भन्‍ने बारे अध्ययन गरेको हो । 

२०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले गगनचुम्बी काठमाडौँ भ्यू टावरको शिलान्यास गरेका थिए । सम्झौताबमोजिम २०७५ भदौमै भवन निर्माण सकिनुपर्ने थियो, तर २०८० जेठको मध्यसम्म आइपुग्दा बल्ल संरचना मात्र खडा भएको छ ।

२०६८ असार २६ मा नगरपरिषद् बैठकले पुरानो बसपार्कमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बहुउद्देश्यीय टावर निर्माण गर्ने निर्णय गरेको थियो । जलेश्‍वर, स्वच्छन्द र बिकोइ विल्ड्र्सले ठेक्का पाएको छ ।

भ्यू टावर नेपाली कलासंस्कृति झल्किने किसिमको हुनेछ । ४० प्रतिशत भूभागमा टावर बनाइएको छ भने बाँकी भूभाग खुला छाडिएको छ ।

टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ, जहाँ वैशाखदेखि नै निजी सवारी साधन पार्किङका लागि खुला भइसकेको छ । भूमिगत पार्किङ क्षेत्रमा ४ सय सवारी साधन अटाउँछन् । पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल हुने बताइएको छ ।

भ्यु टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्वीमिङ पुल, बैंक, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट, पुस्तकालय, बँगैचा, काठमाडौं महानगरको वडा कार्यालय लगायत राखिने बताइएको छ । 
 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल