‘राष्ट्रिय भवन सहिंता’ परिमार्जन गरिँदै, सरकारी भवन निर्माणको पनि मापदण्ड बनाइने

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत राष्ट्रिय भवन संहितालाई समयानुकूल परिमार्जन गर्ने घोषणा गरेका छन् ।

367B408218B985F-icon.png
1037views
73F6DDFD149C692-DD1C95B2BBE99A1-8338E6024F54101-E310092F8950DBE-A935452437997CD-5A66E6CC3E19C93-Housing.gif

काठमाडौं । सरकारले राष्ट्रि भवन संहिता परिमार्जन गर्ने भएको छ । यसअघि पुस २०७६ मा पनि राष्ट्रिय भवन संहिता परिमार्जन गरएिको थियो । तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सक्रियतामा भूकम्पीय जोखिमको विश्वलेषण गरी राष्ट्रिय भवन संहिता १०५ परिमार्जन गरिएको थियो ।

०७६ मा संहिता परिमार्जन भएसँगै नेपालको आफ्नै मौलिक भवन संहिता निर्माण भएको छ । त्यसअघि राष्ट्रिय भवन संहिता भारतीयलगायतका भवन संहितामा आधारित थियो । नेपालले भवन निर्माणमा विदेशी कोड (संहिता) प्रयोग गर्दै आएकोमा साढे तीन वर्षदेखि आफ्नै मोलिक कोड प्रयोग सुरु भएको थियो । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत राष्ट्रिय भवन संहितालाई समयानुकूल परिमार्जन गर्ने घोषणा गरेका छन् । परिमार्जित संहिता तीनै तहको सरकारमा पूर्ण रुपमा परिपालना गर्ने व्यवस्था मिलाइने बजेट भाषणमा उल्लेख छ ।

 सरकारी भवन निर्माणको मापदण्ड बनाइने

सरकारी भवन निर्माणको पनि मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ । अर्थमन्त्री डा. महतले सरकारी भवनको वास्तुकला, स्वरूप, संरचना र मापदण्डमा एकरूपता कायम गर्न सरकारी भवन निर्माण मापदण्ड बनाइ कार्यान्वयनमा ल्याउने घोषणा गरेका हुन् ।

यदि स्वीकृत मापदण्ड विपरित डिजाइन गरेर सरकारी भवनहरु निर्माण गरिए त्यस्ता भवनका लागि बजेट विनियोजन नगर्ने अर्थमन्त्री महतले बजेटमै घोषणा गरेका छन् । नेपालका धेरै सरकारी भवनहरु मापदण्ड विपरित निर्माण गरिएका छन् । कतिपय सरकारी भवनको मापदण्डमाथि प्रश्न उठाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भत्काउने चेतावनी दिँदै आएका छन् ।

यस्तै, भूकम्पपछिको पुनर्निर्माणतर्फ सिंहदरबार पश्‍चिमी खण्ड, बबरमहल, केशरमहल लगायत दश वटा पुरातात्विक सम्पदाहरूको प्रवलीकरण कार्य सम्पन्‍न गरिने भएको छ ।

गोरखा, नेपालगञ्‍जलगायत नौ स्थानमा निर्माणाधीन सभाहलको निर्माण कार्य सम्पन्‍न गर्न बजेट बिनियोजन गरिएको छ । साथै, निर्माण सम्पन्‍न सभाहललाई स्थानीय तहबाटै सञ्‍चालन हुने गरी हस्तान्तरण गर्ने उल्लेख छ ।
 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल