यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कामको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको छ ।

काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा ‘मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट’ सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै सञ्चालनमा आएको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ ।
अध्यात्म, शान्ती र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट देशकै उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राहुल चौधरीले विश्वास व्यक्त गरे ।
सीजी इन्डस्ट्रियल पार्कभित्र रहेको गल्फ मैदानसँगै सञ्चालनमा आएको मिराया रिसोर्टमा अतिथीहरूले गल्फको मज्जा लिन पाउने छन् । साथै, शाश्वत धामका दर्शनार्थीहरूका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित विश्वास लिइएको छ ।
‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमा मिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक समेत रहेका राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीका मुख्य सिद्धान्तहरुलाई मुर्त रुप दिनेगरि तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरुले फरक अनुभुति गर्नुहुनेछ भन्ने विश्वास छ ।’

यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कामको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको छ । मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तव्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुहरुका लागि पनि उत्कृष्ट गन्तव्य बन्ने विश्वास छ ।
मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकताहरू पूरा गर्ने विभिन्न गतिविधिहरू र अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन् । रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् ।
साथै, वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरूजस्ता खास सुविधाहरु पनि रिसोर्टमा छन् । गल्फ खेल्न रुचि भएका मानिसहरुका लागि पनि मिराया उत्कृष्ट गन्तव्य बन्ने छ ।
मिराया रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमा प्रख्यात छ । आरामदायी रुपमा बस्न मन पराउने अतिथी वा उनीहरुको अनुभवलाई प्रयोग गर्न चाहनेहरुका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञहरू समर्पित छन् । रमणीय जंगल र प्रकृतिले घेरिएको यस रिसोर्टले आफ्नो बलियो पर्यावरण–मैत्री दृष्टिमा गर्व गर्छ ।
रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगन लाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कुजिन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९औं होलजस्ता विकल्प यहाँ उपलब्ध छन् ।
काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको अविरल दृश्यपान गर्न सकिन्छ । यो बुद्धको जन्मस्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता ठाउँबाट पनि नजिक रहेको छ ।

यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न सकिन्छ ।
रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरूसहित विभिन्न कार्यक्रमहरू होस्ट गर्न पनि उपयुक्त रहेको छ । आध्यात्मिक अनुभव खोज्नेहरूका लागि मिरायाले शाश्वत धामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरु पनि उपलब्ध गराउदछ ।
सीजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सीजीकर्प ग्लोबलको मातहतमा तिब्र गतिमा विस्तार भइरहेको एक आतिथ्य सत्कार कम्पनी हो । हस्पिटालिटी उद्योगमा दुई दशक लामो इतिहास रहेको सीजी हस्पिटालिटीको छाताभित्र ताज सफारी, भीभान्ता, जेटविङ, इक्होे, फेयरमन्ट, र्याडिसन, द फर्न, समिट र द फार्म जस्ता प्रमुख आतिथ्य ब्रान्डहरू रहेका छन् ।
हाल नेपाल, भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्याण्ड, चीन, फिलिपिन्स, संयुक्त राज्य अमेरिका, माल्दिभ्स केन्यालगायत विभिन्न १२ देशमा सीजीका १५९ ओटा होटलहरु सञ्चालनमा छन्, जुन होटेलमा आठ हजार ८६३ कोठा रहेका छन् ।
