सौर्य सिमेन्टले पनि सुरु गर्‍यो क्लिंकर निर्यात

पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बालाजी सिमेन्ट, सिजी पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट र सौर्य सिमेन्टले आफ्नो उत्पादन भारतीय बजारमा पठाउन थालेका छन् ।

367B408218B985F-icon.png
1226views
EB278AB6FBAAE5D-Sourya.jpg

काठमाडौं । सिरहाको मिर्चैयामा सञ्‍चालित शौर्य सिमेन्ट उद्योगले पनि सिमेन्ट तथा क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यात सुरु गरेको छ । उद्योगले १६ मंसिरदेखि क्लिंकर निर्यात सुरु गरेको हो ।

शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले रिबन काटेर निर्यातको सुरुवात गरेका छन् । तीन ठूला व्यवसायिक घरानाको करिव १६ अर्ब रुपैयाँ लगानीमा स्थापित उद्योगबाट उच्चस्तरको प्रविधिबाट सिमेन्ट तथा क्लिंकर उत्पादन हुँदै आएको छ । 

उदयपुरको चुनढुंगाबाट उत्पादन गरिएको क्लिंकर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरीय चुनढुंगा सम्मिश्रण रहेको कम्पनीको दाबी छ । भारतका सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृत भएपछि क्लिंकर निर्यात गर्न थालेको कम्पनीले जनाएको छ । 

०७८ माघबाट उत्पादन थालेको उद्योगको दैनिक उत्पादन क्षमता ३ हजार टन रहेको छ । अहिले उद्योगले ५३ र ४३ ग्रेडमा ओपीसी तथा पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

पछिल्लो समय भारतीय सिमावर्ती क्षेत्रमा नेपालमा उत्पादित सिमेन्ट निर्यात बढ्दै गइरहेको छ । अहिले पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बालाजी सिमेन्ट, सिजी पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट र सौर्य सिमेन्टले आफ्नो उत्पादन भारतीय बजारमा पठाउन थालेका छन् । 

पछिल्लो चार महिनामा मात्रै पाँचवटा सिमेन्ट उद्योगले एक खर्ब १३ लाख रुपैयाँभन्दा बढीको सिमेन्ट तथा क्लिंकर निर्यात गरिसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यो वर्ष ६/७ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात हुने व्यवसायीको अनुभव छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

साढे दुई अर्बको सिमेन्ट निर्यात

A215C6A9E7130F4-cement.jpeg

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

185BBA57E350ED5-images.jpg

नौ महिनामा सवा दुई अर्बको सिमेन्ट निर्यात