कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र

कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्ष बित्दा पनि सम्पन्न नगरी अलपत्र पारेर जग्गा धनीहरुलाई पीडित बनाएको स्थानियकाे भनाइ छ

367B408218B985F-icon.png
635views
2669A501E9DEC26-कमेरेटार.jpg

भक्तपुर । मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन्।

तत्कालीन नगर विकास ऐन, २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्‍चालन भई जग्गा एकीकरण आयोजना २०६५ असार मसान्तसम्ममा सम्पूर्ण आयोजना सम्पन्‍न गरेर जग्गा धनीलाई विकसित घडेरीसहितको जग्गा फिर्ता गर्ने सर्तमा नगर विकास आयोजनाले २०६१ सालमा एक हजार पाँच सय रोपनी क्षेत्रभित्र आयोजना सुरु गरेको थियो।

कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्ष बित्दा पनि सम्पन्‍न नगरी अलपत्र पारेर जग्गा धनीहरुलाई पीडित बनाएको भन्दै कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ नेतृत्वका पीडित उपभोक्ताहरुले यस्तो माग गरेका हुन्।

२०५९ मंसिर १ गते उपभोक्ताको हितमा काम गर्ने गरी पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति हालसम्म यथावतै रहेको तर उपभोक्ता समिति नै जग्गा धनीको पक्षमा काम नगरी आयोजनाको पक्षमा बसेर उपभोक्ताको हितविपरीत काम गरेको संयोजन समाजका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सुरु भएको अभियानमा सहरी विकास मन्त्रालयसहित सरोकारवाला सबै निकायमा ज्ञापनपत्र बुझाइ सकिएको समितिका एकराज भण्डारीले बताए।

सो उपभोक्ता समितिमा जग्गाधनी रहनुपर्नेमा राजनीतिक दलको भागबण्डा बनाएर राखिएको, जग्गा धनीलाई समितिबाट बाहिर राखिएको, २० वर्षदेखि अर्बौँको जग्गा बिक्री गरेर कुनै पनि हिसाब नराखेको, वर्षौँदेखि आयोजनाको अडिट नगरेको, करोडौँ रुपैयाँ बैठक भत्तामै सकेको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ।

तीन वर्षमा आयोजना सम्पन्‍न गर्ने भनिए पनि अझैसम्म आयोजनामा कालोपत्र सडकले पूर्णता नपाएको, खानेपानीको पाइप पुर्‍याइएको तर पानी वितरण नगरिएको, ५३ रोपनीमा हरियाली क्षेत्र र खेल मैदान बनाउने भनिए पनि त्यो जग्गासमेत बिक्री गरेर ३६ रोपनी मात्र बनाएको, दुई हजारभन्दा बढी घर भएको बस्तीमा कम्तीमा १२ इन्च डायामिटरको पाइप हाल्नुपर्नेमा आठ इन्च डायमिटरको ह्युमपाइप हालेर छोड्दा वर्षामा ढल जाम भएर बस्ती डुबानमा पर्ने गरेको समाजका मोहनसिंह प्रधानले बताए। रासस

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

A62D6476ED88D5D-khanal-aayog.jpg

भूमिको सदुपयोग गर्दै कसरी उच्च लाभ लिने ? यस्ता छन् खनाल आयोगका १५ सुझावहरु

54A48C347EAAC81-home-insurance.jpg

शहरमा घरको नक्सा स्वीकृति गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न खनाल आयोगको सुझाव

019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु