घरजग्गा कारोबार बढ्दा पनि किन घट्यो राजश्‍व ?

२०७९ को १० महिनामा ३७ अर्ब आठ करोड ५५ लाख रुपैयाँ राजश्व संकलन भएकोमा २०८० को १० महिनामा ३२ अर्ब ७९ करोड रुपैयाँमात्र राजश्व संकलन भएको छ ।

367B408218B985F-icon.png
239views
72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

काठमाडौं । घरजग्गा कारोबार बढे पनि राजश्‍व संकलन घटेको छ । चालू वर्षको वैशाखदेखि माघसम्म गत वर्षको सोही अवधिको तुलनामा राजश्‍व संकलन करिव पाँच अर्ब रुपैयाँले घटेको छ । 

२०७९ को पहिलो १० महिनामा देशभरका मालपोतबाट ३७ अर्ब आठ करोड ५५ लाख रुपैयाँ राजश्‍व संकलन भएकोमा २०८० को १० महिनामा ३२ अर्ब ७९ करोड रुपैयाँमात्र राजश्‍व संकलन भएको छ । 

जबकी, यस अवधिमा घरजग्गा कारोबार र कित्ताकाट भने बढेको छ । गत वर्षको तुलनामा यस वर्ष घरजग्गाको लिखत पारित करिव ४७ हजारले बढेको छ ।

यस वर्ष वैशाखदेखि माघसम्म चार लाख २५ हजार ९७९ घरजग्गाको लिखत पारित भएकोमा गत वर्षको यसै समयमा तीन लाख ७७ हजार ७६४ घरजग्गाको लिखत पारित भएको थियो । 

यस्तै, गत वर्षको पहिलो १० महिनामा चार लाख ८३ हजार २१९ कित्ताकाट भएकोमा यस वर्षको सोही अवधिमा ९ लाख ७३ हजार ४४८ जग्गाको कित्ताकाट भएको छ ।
यस वर्ष सबैभन्दा बढी राजश्‍व असारमा चार अर्ब २७ करोड रुपैयाँ संकलन भएको छ । अशोजमा चार अर्ब ९ करोड रुपैयाँ राजश्‍व संकलन भएको थियो । अरु महिनाहरुमा चार अर्बभन्दा कम राजश्‍व संकलन हुँदै आएको देखिन्छ ।

वैशाखमा तीन अर्ब १० करोड, जेठमा तीन अर्ब ७६ करोड, साउनमा दुई अर्ब ९१ करोड, भदौमा तीन अर्ब पाँच करोड, कार्तिकमा दुई अर्ब १६ करोड, मंसिरमा दुई अर्ब ८६ करोड, पुसमा तीन अर्ब २० करोड र माघमा तीन अर्ब ३८ करोड रुपैयाँ राजश्‍व संकलन भएको छ ।

काठमाडौं उपत्यकासहित शहरी भेगमा महंगा पोपर्टी खरिद बिक्री कम हुँदा रजिष्ट्रेसन दस्तुर र पुँजीगत लाभकर कम उठेका कारण समग्रमा राजश्व संकलन घटेको देखिन्छ । गत वर्षको तुलनामाा यस वर्ष काठमाडौं उपत्यकामै घरजग्गा किनबेच कम भएको छ । काठमाडौं उपत्यका सबैभन्दा बढी मालपोत संकलन हुने क्षेत्र हो ।

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र

C0D4E27A3B98AF1-EACAA4C5D5B8FBB-1B0734DB214655E-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौंको पुरानो शहरी क्षेत्रमा जमिनमुनि एक तला र अन्य क्षेत्रमा दुई तलासम्म बेसमेन्ट बनाउन पाइने