काठमाडौंको पुरानो शहरी क्षेत्रमा जमिनमुनि एक तला र अन्य क्षेत्रमा दुई तलासम्म बेसमेन्ट बनाउन पाइने

चार आनाभन्दा बढी क्षेत्रफलमा घर बनाउँदा २० प्रतिशत जग्गा पार्किङका लागि अनिवार्य छुट्याउनुपर्ने काठमाडौं महानगरको नयाँ व्यवस्था

367B408218B985F-icon.png
4706views
C0D4E27A3B98AF1-EACAA4C5D5B8FBB-1B0734DB214655E-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर तथा भवनमा निर्माणमा थप कडाई गरेको छ । अब पुरानो शहरी क्षेत्रमा जमिनमुनि एक तलामात्र र अन्य क्षेत्रमा दुई तलासम्म बेसमेन्ट निर्माण गर्न पाइने भएको छ ।

महानगरले १ वैशाखदेखि लागू हुने गरी ‘भवन निर्माण मापदण्ड २०८० था भवन संहिता’ जारी गरेको हो ।

घर बनाउँदा सवारी साधन पार्किङका लागि पनि अनिवार्य जग्गा राख्नुपर्ने व्यवस्था गरिएको छ । महानगरका जुनसुकै क्षेत्रमा जुनसुकै प्रयोजनका लागि चार आनाभन्दा बढी क्षेत्रफलमा निर्माण गरिने घर तथा भवनले २० प्रतिशत जग्गा पार्किङका लागि अनिवार्य छुट्याउनुपर्ने भएको छ । 

यसरी पार्किङको व्यवस्था गर्दा सडकको क्षेत्रात्रिकारमा नपर्ने गरी सेटब्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइने मापदण्डमा उल्लेख छ । यो व्यवस्था संरक्षित स्मारक उपक्षेत्रमा भने लागू हुने छैन ।

यस्तै, महानगर क्षेत्रभित्र निर्माण भई व्यवसायिक प्रयोजनमा उपयोग गरिएका भवनहरुले आफ्नो लागि आवश्यक पार्किङको व्यवस्था आफै गनुपर्नेछ ।

नयाँ मापदण्डमा घर तथा भवनको नक्सालाई दुई चरणमा स्वीकृत गर्ने व्यवस्था गरिएको छ । घरको प्लिन्थ लेवलसम्मको निर्माण पहिलो चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गरिने भएको छ । यो व्यवस्था सुरक्षित भवन निर्माणका लागि लागू गरिएको महानगरको भनाई छ ।

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

7F45A1FB13B2EEE-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र