शहरी सौन्दर्यता कायम राख्‍न ग्रिलग्रामको व्यवस्था गर्न माग

ग्रील तथा स्टील व्यवसायी महासंघमा ११ हजार व्यवसायीहरु आवद्ध छन् । यो क्षेत्रले दक्ष र अर्धदक्ष गरी एक लाख ६० हजार मजदुरहरुले प्रत्यक्ष एवं परोक्ष रुपमा रोजगारी प्रदान गरिरहेको छ ।

367B408218B985F-icon.png
276views
E3A59359856A287-IMG20240223144051.jpg

काठमाडौं । शहरी सौन्दर्यता कायम राख्दै ग्रिल तथा स्टिल व्यवसायलाई व्यवस्थित ढंगले सञ्‍चालन गर्न ग्रिलग्रामको व्यवस्था गर्नुपर्ने माग उठेको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा यस्तो धारणा राखेको हो ।

छलफलमा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने हुँदा यस्ता उद्योगहरुको प्रवद्र्धन गर्न जरुरी भएको बताए ।

लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन दुबै महासंघले सहकार्य गरेर अगाडि बढ्नुपर्ने पनि अध्यक्ष सिंहले बताए ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सरकारी निकायहरुमा उद्योग दर्ता र नविकरण प्रकृया झन्झटिलो भएको हुँदा सरल तरिकाबाट उद्योग दर्ता र नवीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन आग्रह गरे ।

कोरोना एवं आर्थिक मन्दिको कारण व्यवसायीहरुमा परेको आर्थिक समस्याको समाधानार्थ बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न र बिनाधितो सहुलियत दरको कर्जाको निमित्त सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन पनि उनको सुझाव थियो । 

ग्रिल तथा स्टिल व्यवसायीहरुले आयात गर्ने ठूला एवं साना मेसिन औजारहरु सरल तरिकाले न्यूनतम भन्सार शुल्कमा आयत गर्न सकिने व्यवस्थाका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन पनि अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

ग्रील तथा स्टील व्यवसायी महासंघमा ११ हजार व्यवसायीहरु आवद्ध छन् । यो क्षेत्रले दक्ष र अर्धदक्ष गरी एक लाख ६० हजार मजदुरहरुले प्रत्यक्ष एवं परोक्ष रुपमा रोजगारी प्रदान गरिरहेको छ ।

ग्रील तथा स्टिल व्यवसायीहरुले पूर्वधार विकासमा आवश्यक पर्ने र गृहस्थ जीवनमा नभई नहुने सम्पूर्ण ग्रीलजन्य सामानहरु फेब्रिकेटिङ गरेर आयातलाई प्रतिस्थापन गरी निर्याततर्फ उन्मुख रहेको उनले बताए ।

छलफलमा ग्रील तथा स्टील व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठलगायतको उपस्थिति थियो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

0477CD3AB305BA2-construction.jpg

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित