निक्षेपको ब्याजदर अझै घट्यो, १७ वाणिज्य बैंकले घटाए, दुईको यथावत, एनआइसीले बढायो

निक्षेपको ब्याजदर घट्दा बैंकको कष्ट अफ फन्ड घट्न जान्छ, जसले आधार दर (बेस रेट) पनि घटाउँछ । बेस रेट घट्ने वित्तिकै बैंकको कर्जाको ब्याजदर पनि घट्न थाल्छ ।

367B408218B985F-icon.png
985views
6BA6B505DA36CCC-8535F5EB07FED17-LoweredInterestRates.jpg

काठमाडौं । वाणिज्य बैंकहरुले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर अझै घटाएका छन् । सञ्‍चालनमा रहेका २० मध्ये १७ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् ।

प्रभु बैंक र ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेपको ब्याजदर यथावत राखेका छन् भने एनआईसी एशिया बैंकले ०.५४ प्रतिशतले ब्याजदर बढाएको छ । 

वाणिज्य बैंकहरुको औषतमा ०.५१ प्रतिशत बिन्दूले निक्षेपको ब्याजदर घटेर ७.२५ प्रतिशत कायम भएको छ । मुद्दती निक्षेपको औषत ब्याजदर फागुनमा ७.७६ प्रतिशत, माघमा ८.१७ प्रतिशत र पुसमा ८.९९ प्रतिशत कायम थियो ।

माथिको तथ्यांकले वाणिज्य बैंकहरुमा निक्षेपको ब्याजदर निरन्तर घटिरहेको देखाउँछ । निक्षेपको ब्याजदर घट्दा बैंकको कष्ट अफ फन्ड घट्न जान्छ, जसले आधार दर (बेस रेट) पनि घटाउँछ। बेस रेट घट्ने वित्तिकै बैंकको कर्जाको ब्याजदर पनि घट्न थाल्छ । निक्षेपको ब्याजदर घट्यो भने कर्जा लिएर काम गर्नेहरुलाई ठूलै राहत मिल्ने देखिन्छ ।

पछिल्लो समय कर्जाको ब्याजदर पनि निरन्तर ओरालो लागिरहेको छ । ०७९ पुसमा वाणिज्य बैंकहरुमा कर्जाको औषत ब्याजदर १३.०३ प्रतिशत रहेकोमा ०८० पुसमा घटेर ११.०८ प्रतिशत कायम भएको छ । 

मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा धेरै एनएमबि र एभरेष्ट बैंकले १.५ प्रतिशत बिन्दूले घटाएका छन् । नेपाल एसबीआई बैंकले १.०९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ प्रतिशत, कृषि विकास बैंकको ०.७७ प्रतिशत, हिमालयन र सिटिजन्सको ०.६५ प्रतिशत, कुमारी र नबिलले ०.५ प्रतिशत बिन्दूले ब्याजदर घटाएका छन् । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै