काठमाडौंमा घरवहाल कर १३ प्रतिशलते बढ्यो, उठ्यो पौने दुई अर्ब

यो वर्ष काठमाडौं महानगरपालिकामा १९ करोड ६२ लाख रुपैयाँले घरवहाल कर बढेको हो ।

367B408218B985F-icon.png
658views
E481A946F27A7A5-C0D4E27A3B98AF1-EACAA4C5D5B8FBB-1B0734DB214655E-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र घरवहाल कर १३ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनामा महानगरका ३२ वडा कार्यालयबाट एक अर्ब ६९ करोड ६३ लाख रुपैयाँ घरवहाल कर उठेको हो ।

गत आवको यसै अवधिमा काठमाडौं महानगरले एक अर्ब ५० करोड दुई करोड रुपैयाँ घरवहाल कर उठाएको थियो । यो वर्ष आठ महिनामा १९ करोड ६२ लाख रुपैयाँले घरवहाल कर बढेको हो । 

सम्पत्ती वहाल तथा पट्टा वापतको आयमा लाग्‍ने कर यस वर्ष एक रुपैयाँ पनि उठेको छैन । गत वर्ष यस्तो कर नौ करोड ७१ लख रुपैयाँ उठेको थियो । यस्तै, सम्पत्ती कर र भूमि तथा मालपोत कर पनि घटेको छ । आठ महिनामा सम्पत्ती कर ७५ करोड ३७ लाख र भूमि तथा मालपोत कर ९० लाख रुपैयाँ उठेको छ ।

नक्सापास दस्तुरमा ३५ प्रतिशतले कमी 

घर, भवन, टहरोलगायत संरचना निर्माण घटेपछि काठमाडौं महानगरको नक्सापास दस्तुर ३५ प्रतिशतले घटेको छ । गत वर्ष ६५ करोड ८६ लाख रुपैयाँ नक्सापास दस्तुर उठेकोम यस वर्ष ४२ करोड ६५ लाख रुपैयाँमात्र उठेको महानगरले जनाएको छ ।

आठ महिनामा पार्किङ शुल्क २७ प्रतिशतले बढेर ९५ लाख रुपैयाँ उठेको छ । व्यवसाय रजिष्ट्रेसन दस्तुर पाँच प्रतिशतले बढेर ४० करोड ४७ लाख रुपैयाँ उठेको छ । 

आठ महिनामा महानगरले कुल आन्तरिक राजश्‍व तीन अर्ब ७७ करोड ८४ लाख रुपैयाँ उठेको जनाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २.८७ प्रतिशतले धेरै हो । गत वर्ष ३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ राजश्‍व उठेको थियो ।
 

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

घरजग्गा कारोबार बढ्दा पनि किन घट्यो राजश्‍व ?