बबरमहल प्रशासनिक प्लाजा बनाउन गन्सु एसएस ल्यान्डमार्कको आशयपत्र

सरकारका विभिन्न कार्यालयहरु एउटै छानामुनि राख्ने लक्ष्यसहित बबरमहल प्रशासनिक प्लाजा निर्माणको तयारी थालिएको हो

367B408218B985F-icon.png
6409views
F9D26F009EDD1A7-download.jpeg

काठमाडौं । बबरमहल प्रशासनिक भवन निर्माणका लागि गन्सु एसएस ल्यान्डमार्क इच्छुक देखिएको छ । लगानी बोर्ड अगाडि सारेको प्रशासनिक भवन निर्माणका लागि गन्सु एसएस ल्यान्डमार्कले आशयपत्र पेश गरेको हो ।

यही वैशाखमा आयोजित लगानी सम्मेलनमा सरकारले लगानी जुटाउन बबरमहल प्रशासनिक भवनलाई सोकेश गरेको थियो । तर, सम्मेलनमा कुनै पनि लगानीकर्ताले भवन निर्माणका लागि इच्छा प्रकट गरेनन् । यसैले बोर्डले दुई महिना समय थपेर प्रशासनिक भवनसहित १२ वटा परियोजनामा आशयपत्र मागेको थियो । 

पछिल्लो पटक १२ वटा परियोजनामध्ये बबरमहल प्रशासनिक भवन र जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज निर्माणका लागि एक/एक वटा आवेदन परेको बोर्डले जनाएको छ । जनकपुरमा जानकी हेरिटेज होटेल निर्माणका लागि सोल्टी समूहले आवेदन दिएको हो ।

लगानी बोर्डका अनुसार बबरमहल प्रशासनिक प्लाजा बनाउन १० अर्ब २० करोड र जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज निर्माणका लागि दुई अर्ब ३५ करोड रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान छ ।

सरकारका विभिन्न कार्यालयहरु एउटै छानामुनि राख्‍ने लक्ष्यसहित बबरमहल प्रशासनिक प्लाजा निर्माणको तयारी थालिएको हो । कुल ३० हजार २१ वर्गमिटरमा फैलिने यस एकीकृत प्रशासनिक भवनमा विभिन्न मन्त्रालयका विभाग तथा कार्यालयहरु रहने शहरी विकास मन्त्रालयले जनाएको छ ।

बबरमहलको सरकारी जग्गामा निर्माण हुने प्लजा अन्डरग्राउन्डसहित १८ तालको अत्याधुनिक सुविधा सम्पन्‍न हुने बताएको छ । भवनमा आधुनिक पूर्वाधारसहितका सम्मेलन कक्ष र बैठक कक्षहरु ल्गायत रहनेछन् ।

भवनमा ३० वटा सरकारी विभाग तथा कार्यालय राख्‍ने योजना छ, जहाँबाट दैनिक १० हजार सेवाग्राहीले सेवा लिन सकुन । सरकारले अन्डरग्राउन्डसहित ७ तलासम्म व्यापारीक प्रयोजनमा र त्यसभन्दा माथि सरकारी कार्यालय रहने गरी निर्माण तथा सञ्‍चालनको मोडालिटी तय गरेको छ । ३० वर्षपछि पुरै भवन सकारी हुने मन्त्रालयले जनाएको छ । नेपाली मौलिक शैलीमा निर्माण गरिने प्लाजामा व्यापारिक क्षेत्र, पार्किङ क्षेत्र, सार्वजनिक क्षेत्र, इन्ट्री लबी लगायत हुनेछन् । 

भवनमै खुद्रा पसलसहित रेष्टुरेन्ट पनि सञ्‍चालन हुने छ । सरकारले यस भवनको ०७५ सालमै डीपीआर तयार गरिसकेको छ । तर, लगानीको अभाव देखाउँदै भवन निर्माण प्रकृया अगाडि बढाइएको थिएन ।

सरकारसँग स्रोतको अभाव भएपछि लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्‍ने उद्देश्यसहित प्रोजेक्ट सोकेश गरिएको थियो । भवन निर्माणका लागि स्वदेशी कम्पनीले नै आशयपत्र बुझाएको छ । यस भवनलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्‍चालन गर्ने सरकारको योजना छ ।

माघ महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब ८७ करोड राजस्व संकलन

झापामा सबैभन्दा धेरै कित्ताकाट हुँदा मुस्ताङ र मुगुमा सबैभन्दा कम

निरन्तर बढिरहेको घरजग्गा कारोबारमा लाग्यो ‘ब्रेक’, माघमा किनबेच घट्दा राजश्व उठ्ती यथावत

भद्रपुर मालपोतबाट सात महिनामा साढे ४४ करोड राजस्व संकलन

रारामा डेढ अर्बमा मोनोरेलसहितको लक्जरी रिसोर्ट निर्माण थालनी

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो

चर्चित गायिका शान्तिश्री बनिन् भव्य घरकी मालिक्नी

दरबारमार्गको फुटपाथ ग्रेनाइट बिछ्याएर टल्काइँदै, सवा ५ करोड लाग्ने

3067BDB23AE6ECB-Construction-.jpg

प्रथम त्रैमासमा रियल इस्टेट क्षेत्रको वृद्धिदर ३.१%, निर्माण क्षेत्र अझै संकुचनमै

287F14B77DDA33F-47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

सिमेन्ट निर्यातमा ४१ प्रतिशतले गिरावट, किन घट्यो ?

7FB98387A46D196-63d0fdae871e645f96601c50_VrdfRizXgXp0CmlzLIvAh_laFuP5RCSbgkcl4erHzYfevIensfbsEHZC4TTEjyzjFxgQimz8Y21BxH8-JuXZxEmPn9pfGo_CfXtBLqxzHPnX_rE1n6vvRDkyiVbfEeUl-bGJzVKDaDfY4sch9njrukoNm_IHxA5qIzagurIJR6pkUkcBl3gYuYDB.jpeg

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?