ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

असोजमा पनि कारोबारमा सुनसरी इनरुवा मालपोतबाट १ हजार १८५ लिखत पारित भएर पहिलो बनेको छ

367B408218B985F-icon.png
900views
533EFCE25DBC6DA-4B4BE918D4B5CCE-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

काठमाडौं । असोज महिनामा घरजग्गा किनबेच झन घटेको छ । अघिल्लो असोजमा ३९ हजार ८८१ लिखत पारित भएकोमा यो वर्षको असोजमा ३० हजार ५२७ मात्रै पारित भएका छन् ।

असोजमा घरजग्गा किनबेच घटेसँगै राजस्व समेत घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।

अघिल्लो असोजमा ४अर्ब ८ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यो असोजमा ३ अर्ब ८ करोड १२ लाख मात्रै संकलन भएको छ ।

बैंकमा तरलता फालाफाल हुनुका साथै कर्जाको ब्याजदर सिंगल डिजिटमा झर्दा पनि घरजग्गा किनबेचमा सुधार आउन सकेन । सरकार र राष्ट्र बैंकले घरजग्गा कारोबार चलायमान बनाउन भन्दै नीतिगत सहजीकरण समेत गरेका छन् । भूउपयोग नियमावली-२०७९ संशोधन गरेर जग्गा कित्ताकाटमा समेत सहजीकरण गरिएको छ ।

असोजमा दशैं बिदाले कारोबार दिन कम हुँदा पनि कारोबार अघिल्ला महिनाहरुको तुलनामा कम हुने गर्छ ।

असोजमा पनि कारोबारमा सुनसरी इनरुवा मालपोतबाट १ हजार १८५ लिखत पारित भएर पहिलो बनेको छ । यस्तै, धनुषा मालपोतमा १ हजार १०७, मोरङको बेलबारी मालपोतमा १ हजार १६, सप्तरीको राजविराज मालपोतमा ९ सय ९, झापाको भद्रपुर मालपोतमा ८ सय ६३, भक्तपुरको मालपोतमा ८ सय २१, कपिलवस्तुको तौलिहवा मालपोतमा ७ सय १८ लिखत पारित भएको छ ।

राजस्व संकलनमा भने काठमाडौं उपत्यकाका मालपोत कार्यालय अग्रस्थानमा छन् । असोजमा डिल्लिबजार मालपोतबाट सबैभन्दा धेरै ३० करोड ६६ लाख रुपैयाँ राजश्व उठेको विभागको तथ्यांक छ ।

यस्तै, लगनखेल मालपोतबाट ३० करोड २६ लाख, भक्तपुर मालपोतबाट २५ करोड ३९ लाख, चाबहिल मालपोतबाट २३ करोड ६८ लाख र कलंकी मालपोतबाट २० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान