सिटिजन्स बैंकबाट ७.९९% स्थिर ब्याजदरमा घरकर्जा पाइने

बैंकले यस्तो कर्जा प्रवाह गर्दा कुल कर्जा रकमको ०.७५ प्रतिशत सेवाशुल्क लिने छ, जसभित्र सीआईसी शुल्क, धितो मूल्यांकन शुल्क, धितो बन्धक शुल्कलगायतका शुल्कहरू समावेश हुनेछन् ।

367B408218B985F-icon.png
539views
8FE7FA28558C5F8-citizen-bank.jpg

काठमाडौं । सिटिजन्स बैंकले व्यक्तिगत आवास निर्माणका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने भएको छ । ७.९९ प्रतिशत ब्याजदरको कर्जा भुक्तानी अवधि बैंकले ७ वर्ष तोकेको छ ।

७ वर्ष अवधिसम्म यस्तो कर्जाको ब्याजदर बढ्ने छैन । तर, ७ वर्षभन्दा बढी अवधिका लागि घर कर्जा लिनुपर्न भएमा बैंकले प्रचलित आधार दर (बेसरेट) मा १ प्रतिशतमात्रै प्रिमियम थप गर्ने जनाएको छ । 

राष्ट्र बैंकले तोकेको सीमा २ करोडसम्म बैंकले यस शीर्षकमा कर्जा दिने जनाएको छ । २ करोडसम्मको घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण र अन्य बैंकमा रहेको आवासीय कर्जा स्थानान्तरणको सुविधा दिने बैंकले जनाएको छ । 

बैंकले अधिकतम अवधि २५ वर्षसम्मका लागि आवासीय कर्जा दिने बताएको छ। ऋणीको सुविधाअनुसार बैंकले कर्जाको साँवा ब्याज भुक्तानीको सुविधासमेत दिने जनाएको छ । बैंकले जग्गा खरिदका लागि पनि कर्जा दिने बताएको छ । तर, घर निर्माण प्रयोजनका लागिमात्रै जग्गा खरिद गर्दाको ऋण ब्याजदर केही महँगो हुने बैंकको भनाइ छ ।

बैंकले यस्तो कर्जा प्रवाह गर्दा कुल कर्जा रकमको ०.७५ प्रतिशत सेवाशुल्क लिने छ, जसभित्र सीआईसी शुल्क, धितो मूल्यांकन शुल्क, धितो बन्धक शुल्कलगायतका शुल्कहरू समावेश हुने बैंकले जनाएको छ ।

यस्तो कर्जा लिनका लागि नागरिकताको प्रतिलिपी, प्यान कार्ड, विवाह दर्ता, जग्गाको धनीपुर्जा, मालपोत तिरेको रसिद, नक्सा पास, निर्माण सम्पन्न इजाजतपत्र लगायतका कागजात आवश्यक पर्ने बैंकले जनाएको छ ।

यस्तै आम्दानीतर्फ घरकर्जा लिनका लागि सम्बन्धित संस्थाले दिएको तलबको विवरण/भाडा आम्दानी, लेखापरीक्षण भएको व्यावसायिक आम्दानी तथा कर चुक्ता प्रमाणपत्रलगायतका कागजात आवश्यक पर्ने बैंकले जनाएको छ। बैंकले आफ्नो देशैभरी रहेको १९७ शाखाबाट यस्तो कर्जा उपलब्ध गराउने जनाएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै