पुस महिनामा साउनयताकै उच्च कित्ताकाट

कित्ताकाटसँगै कर्जा प्रवाह, घरजग्गा किनबेच र राजश्व संकलनमा देखिएको वृद्धिले घरजग्गा कारोबार लयमा फर्किने शंकेत

367B408218B985F-icon.png
615views
B6331FF73CB6AA6-Platting-Planning-Ghaderi.jpg

काठमाडौं । घरजग्गा खरिद बिक्रीसँगै पुस महिनामा जग्गाको कित्ताकाट पनि बढेको छ । 

पुसमा देशभरि ५२ हजार १०८ कित्ता जग्गा कित्ताकाट भइ एक लाख १५ हजार १३४ कित्ता पुगेको भूमि व्यवस्थापन विभागले जनाएको छ । 

पुसमा भएको कित्ताकाट साउनयताकै उच्च हो । असारमा देशभर एक लाख ३६ हजार कित्ताकाट भएका थिए । साउनमा कित्ताकाट घटेर ९६ हजारमा खुम्चियो । भदौमा ६१ हजार, अशोजमा ७३ हजार, कार्तिकमा ७३ हजार र मंसिरमा एक लाख दुई हजार कित्ताकाट भएका थिए ।

भद्रपुरमा सबैभन्दा धेरै कित्ताकाट
झापाको भद्रपुर मालपोतबाट सबैभन्दा धेरै कित्ताकाट भएका छन् । पुसमा भद्रपुरबाट ३६ सय ६० कित्ताकाट हुँदा मोरङको बेलवारीबाट ३५ सय ८१, कैलालीको धनगढीबाट ३२ सय ७२ कित्ताकाट भएका छन् । 

सुनसरीको इनरुवाबाट ३२ सय १५, जनकपुरधामबाट २८ सय २८, बाराको कलैयाबाट २५ सय २३, पर्साबाट २५ सय १५, लगनखेलबाट २४ सय ८४, सप्तरीको राजविराजबाट २४ सय ४९ कित्ताकाट भएका छन् ।

यस्तै, काभ्रेमा २२ सय ४०, नेपालगञ्जमा २१ सय ५४, सिराहामा २१ सय ३६, चितवनमा दुई हजार ७१, झापामा दुई हजार ६, सर्लाहीको मलंगवामा १९ सय ९४, रुपन्देहीको भैरहवामा १९ सय ७१, भक्तपुरमा १९ सय ४८, रुपन्देहीकै बुटवलमा १८ सय ४० कित्ताकाट भएका छन् ।  

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3FB8373B6002FA5-burtibang.jpg

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

BFE35F0FC93D276-pool image.jpeg

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड