चर्चित गायिका शान्तिश्री बनिन् भव्य घरकी मालिक्नी

गोँगबुमा किनिन् चार करोडमा आलिसान घर, कलाकर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने उदाहरण

367B408218B985F-icon.png
599views
06C9441DBCC8E1B-Shanti shree cover.jpg

काठमाडौं । अथक संघर्ष, लगनसिलता र मिहेनतले चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको भव्य जीवन सुरु भएको छ । उनले लोकसंगीतको कमाईबाट हालै काठमाडौंको गोंगबु गणेशस्थानमा चार करोडको आलिसान घर खरिद गरेकी छन् । 

शान्तिश्री नेपालमा पनि कलाकर्मबाटै करोडौंको सम्पत्ती जोड्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् । उनी पछिल्लो समयकी सर्वाधिक चल्तीकी  गायीका हुन् । उनका गीतले युट्युबमा किर्तीमानी भ्यूज बटुलेर नयाँ इतिहास रचेका छन् ।

उनको स्वर रहेको ‘रूकुम मैकोट’ छोटो समयमै युट्युबमा १० करोड भ्यूज पार गर्ने पहिलो नेपाली गीत बनेको छ भने उनकै स्वरको अर्को गीत ‘अरेली काँडैले’ पनि १० करोड भ्यूज पार गर्ने पहिलो नेपाली लोकगीत बनेर नयाँ रेकर्ड राखेको छ ।

युट्युब प्लेटर्फमा १० करोड भ्यूजको कीर्तिमानसँगै शान्तिश्रीको भव्य जीवनको सुरूवात पनि भएको छ । निरन्तरको संघर्ष र मेहेनतले एकदिन सफलताको शिखरमा पुगिन्छ भन्ने उनी ज्वलन्त उदाहरण बनेकी छन् । 

शान्तिश्री रोल्पाको दुर्गम गाउँमा निम्नमध्य वर्गीय परिवारमा जन्मेकी चेली हुन् । कुनै समय जीवन चलाउन गिट्टी कुट्नेदेखि लोकदोहोरी साँझमा गाउने गर्थिन् । उनको लोकदोहारी साँझबाट व्यवसायिक सांगीतिक यात्रा सुरुवात भएको थियो ।

अहिले उनलाई देशभरका मेलामहोत्सवमा मात्र होइन, विदेशमा समेत आफ्नो प्रस्तुती दिन भ्याइनभ्याई छ । पछिल्लो समय सर्वाधिक डिमान्डेड गायिका शान्तिश्रीका ‘बोल माया’, ‘गलबन्दी’, ‘अरेली काँडैले’, ‘रुकुम मैकोट’ सर्वाधिक सुपरहट गीत हुन् । यसका अलवा उनले दर्जनौं सुपरहिट गीत दर्शक स्रोतामाझ पस्किसकेकी छन् ।  

सामाखुसीमा भाडाको घरमा बस्दै आएकी उनी गोंगबुमा आफ्नै घरमा बसाइ सरिसकेकी छन् । उनको घर साढे दुई तलाको छ । घरमा सेतो र क्रिम कलर लगाइएको हुनाले नियोक्लासिकल शैलीको दरबार जस्तै देखिन्छ । दोहोरो मोहोडा हुनाले गेट पनि दुईतर्फ नै राखिएको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

F45519E163BCE2E-476958839_1341435693663267_1821604850385103110_n.jpg

धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा