कलाकार बिपिन कार्की भन्छन्, कोभिड नभएको भए सायद मेरो पनि काठमाडौंमा घर हुन्थ्यो !

म काठमाडौं आएपछि भाडाको घरमा बस्यौं । सुरुको बसाइ लाजिम्पाट थियो । अहिले पनि भाडाकै घरमा बस्छु, तर बसाइ सर्दै–सर्दै कोटेश्‍वर आइपुगेको छु । यो बिचमा सर्नैपर्ने विभिन्‍न बाध्यताले ठाउँ ठाउँमा सरियो ।

367B408218B985F-icon.png
1015views
4886E2D99F41017-Bipin 1.jpeg

बिपिन कार्की, कलाकार

म मोरङको बाहुनीमा जन्मिएँ । मेरो बाल्यकाल उतै बित्यो । विद्यार्थी जीवनमै चाडबाडमा आक्कलझुक्कल नाटक पनि खेलियो । कस्तो खेलियो थाहा छैन्, तर सबैले स्यावासी दिँदा उत्साहित भइन्थ्यो । 

त्यतिबेला कमलमणि नेपाल र आफ्नै दाजू अर्जुन कार्कीले नाटक गर्नुहुन्थ्यो । पछि दाईहरु काठमाडौं आउनुभयो । गाउँमा नाटकै हुन छाड्यो । मेरो पनि कलाकारितासँग सम्बन्ध टुट्यो ।

म पनि २०५५ मा एसएलसी सकेर काठमाडौं आएँ । ब्याचलर पढ्न थालेपछि कमलमणि दाईसँग पुनः भेटघाट हुन थाल्यो । उहाँकै पछिपछि लागेर नाटक हेर्न जान थालेँ । मैले नबिराइ नाटक हेर्थेँ । त्यहाँ सौगात मल्ल लगायत धेरै कलाकारसँग हिमचिम हुन थाल्यो । मैले विस्तारै नाटकमा सहायक भूमिका हुँदै प्रमुख भूमिका निर्वाह गर्न थालेँ । पछि फिल्महरु पनि खेलियो । मेरो अभिनय यात्रा संगतकै फल हो । 

म काठमाडौं आएपछि भाडाको घरमा बस्यौं । सुरुको बसाइ लाजिम्पाट थियो । अहिले पनि भाडाकै घरमा बस्छु, तर बसाइ सर्दै–सर्दै कोटेश्‍वर आइपुगेको छु । यो बिचमा सर्नैपर्ने विभिन्‍न बाध्यताले ठाउँ ठाउँमा सरियो । सुरुमा दाईहरु, मामा र आफन्तको घरमा बसेँ । काठमाडौंमा अभिभावक  भएकैले बस्‍न समस्या परेन । जब मैले नाटक खेल्न थालेँ, मेरो कलाकारिता सुरु भयो । अनि, म गुरुकुलमै होस्टल बस्‍न थालेँ । करीव ८-९ बर्षजति गुरुकुल बसियो होला ।

म अहिले पनि भाडाकै घरमा बस्छु । अझै घर बनाउन सकिएको छैन । अर्थात्, त्यो समय आइपुगेको छैन । मिहेनत गर्नुपर्छ, त्यो दिन पक्कै आउँछ । भाडाको घरमा बस्दा महिना मर्ने वित्तिकै घरबेटीलाई भाडा बुझाउनुपर्छ । आफ्नो घर भएपछि भाडा तिर्नबाट मुक्त भइन्छ । महिना मर्ने बित्तिकै घरबेटीलाई भाडा तिर्नु पर्दैन भन्‍ने भएपछि ढुक्क पनि हुन्छ ।

तर, घरको सपना देखेर मात्र भएन । यथार्थ पनि मिल्नु पर्यो । यो अवसर एक्कासी मिल्ने होइन । मिहेनत गरी काम गर्दै जाँदा यथार्थको नजिक पुग्‍न सकिन्छ । मतलब, आफ्नै घर बनाउन सकिन्छ ।

म अहिले काममा फोकस्ड छु । कलाकारिता कहिल्यै सिकेर सकिदैन रैछ । सिक्दै अगाडि बढ्नुपर्ने रैछ । यो क्षेत्रमा पनि मिहिनेत पक्कै गर्नुपर्छ । जसले मिहिनेत गर्छ त्यो मात्र अगाडि बढ्छ । भाग्यले देला भनेर कोही हात बाँधेर बस्‍नु हुँदैन । 

म कलाकारितामै केन्द्रित छु , आफ्नो काममा केन्द्रित छु । आफूमा निखारता ल्याउन प्रयासरत छु । म अहिले घरमा फोकस्ड छैन । घरको सपना पनि देखेको छैन । सपना देख्दैमा घर किन्‍न वा बनाउन सकिने पनि होइन । त्यो समय आएपछि हुने कुरा हो । काम गरेर पैसा कमाएपछि यथार्थमा परिणत हुने हो । अहिले धेरै कलाकारले आफ्नै घर-गाडी जोड्नुभएको छ । त्यो उहाँहरुको मेहेनतको फल हो । 

मलाई लाग्छ, घरको सपना देखेर बस्‍नु समयको बर्बादी हो । त्यो समय काममा मिहिनेत गरे घर-गाडी चाँडै जोड्न सकिन्छ । म पनि घरको सपना वा कल्पनामा अल्मलिएर बसेको छैन । पक्कै पनि समय आउला । त्यो पनि पैसाकै खेल हो । जसले कमायो, त्यसले घर जोड्ने त हो नी । भाडाको घर पनि आफ्नै ठान्‍नुपर्छ । भाडामा पैसा तिर्नुपर्छ भन्‍ने पहिले नै थाहा हुन्छ । आफ्नै घर भयो भने मात्र घरभाडाबाट जोगिने हो । एउटा यथार्थ के हो भने, अरुको घरमा बस्दा महिना मरेपछि घरधनीलाई भाडा बुझाउनुपर्छ भन्‍ने मनमा परिरहन्छ । 

समयअनुसार मान्छेको जीवनशैली पनि फेरिंदै जान्छ । उसका इच्छा चाहना पनि बढ्दै जान्छन् । त्यसमा कमाइले पनि साथ दियो भने इच्छा चाहाना पनि पुरा हुँदै जान्छन् । मलाई पनि आफ्नै घर भइदिए हुन्थ्यो भन्‍ने महशुस हुन थालेको छ ।

जताबाट पनि पैसा नै अगाडि आउने रहेछ । जति कमाउँदै गयो, त्यति नै लाइफस्टाइल समृद्ध हुँदै जाने रहेछ । जति कमायो, लाइफस्टाइल पनि त्यसरी नै परिवर्तन हुँदै जाने हो । सबै कलाकारले कमाएर घर-गाडी जोड्न नसक्लान् । जसले मिहेनत गर्छ उसले पक्कै सफलता पाउँछ । अन्तिम यथार्थ भनेको आफ्नो कामप्रति इमान्दारिता र मिहेनत नै हो । 

यदि कोभिड नभएको भए सायद मेरो पनि घर हुन्थ्यो होला । किनभने, पछिल्लो समय म काममा निकै बिजी हुन थालिसकेको थिएँ । तर, बिचैमा कोभिड आइदियो । कलाकारितामा अनिश्‍चितता छाइदियो । आफुले चाहेजस्तै समय चलेको भए अहिले घरमा बसिरहेको हुन्थेँ होला ।

कोभिडले अनिश्‍चितता ल्याएको छ । अझै के हुने हो थाहा छैन । कोभिड मत्थर भएर सोँचेजस्तै काम फत्ते भयो भने चाँडै नै घर किनौंला भन्‍ने छ । 

(कार्कीसँग नेपालहोम्सले गरेको कुराकानीमा आधारित)

Cover Image source: Artistnepal.com 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा