सिजीले छतमै स्वीमिङ पुल भएको लक्जरियस हाउजिङ बनाउँदै, मूल्य सवा १० करोडसम्म

सिजीले भैंसेपाटीमा २६ रोपनी जग्गामा ६० वटा लक्जरियस घरहरुको हाउजिङ परियोजना बनाउन लागेको छ, जसको अहिले धमाधम बुकिङ भइरहेको छ ।

367B408218B985F-icon.png
2236views
D82C2390024C9F4-cg hills.jpeg

काठमाडौं । सिजी डेभलपर्सले ललितपुरको भैंसेपाटीमा सुविधा सम्पन्‍न हाउजिङ परियोजना निर्माण सुरु गरेको छ । लक्जरियस घर खोज्‍ने ग्राहकलाई लक्षित गरी ‘सिजी हिल्स प्रिमियम भैंसेपाटी’ परियोजना सुरू गरेको हो ।

यस हाउजिङमा अत्याधुनिक सेवा सुविधा उपलब्ध गराउने विषयमा कुनै सम्झौता नगरिने सिजी डेभलपर्सका एसिस्टेन्ट जनरल म्यानेजर पंकज प्रधानले बताए । सिजीले भैंसेपाटीमा २६ रोपनी जग्गामा ६० वटा लक्जरियस घरहरुको हाउजिङ परियोजना बनाउन लागेको छ, जसको अहिले धमाधम बुकिङ भइरहेको छ ।

भैंसेपाटी काठमाडौं उपत्यकाकै व्यवस्थित र सुविधायूक्त आवासीय क्षेत्रको रुपमा परिचित छ । एलिट क्लासको बसोबास रहेको भैंसेपाटीमा मन्त्री र मुख्यमन्त्रीको पनि अवास निर्माण भइरहेको छ ।

यस परियोजनामा एमएस भिल्ला, के–अप भिल्ला, एफ भिल्ला, एफबी भिल्ला, कस्टम भिल्ला र क्लब हाउस निर्माण हुनेछन् । एमएस भिल्ला ३३, के–अप भिल्ला ६, एफबी भिल्ला ६, एफ भिल्ला ११, कस्टम भिल्ला चारवटा हुने सिजीले जनाएको छ ।

परियोजनाका घरहरु साढे दुई र साढे तीन तलाका हुने बताइएको छ । एमएस भिल्ला २६७० बर्गफिटको हुनेछन् भने के–अप भिल्ला तीन हजार ५७ वर्गफिट, एफ भिल्ला तीन हजार १७ वर्गफिट र एफबी भिल्ला तीन हजार ८७२.०३ वर्गफिट क्षेत्रफलका हुनेछन् ।

विशेष घरमा बसेको अनुभूति दिलाउने गरी घरहरुको डिजाइन गरिएको सिजीले बताएको छ । 

यस आवास परियोजनाभित्र बन्‍ने घरको मूल्य न्यूनतम पाँच करोड ५६ लाखदेखि १० करोड २९ लाख रुपैयाँसम्म तोकिएको छ ।

कुन घरमा के सुविधा ?

एमएस भिल्ला दुई तलाका हुनेछन् । ग्राउन्ड फ्लोरमा एउटा लिभिङ रुम, किचेन, डाइनिङ, बाथरुम र स्टोर रुम हुनेछ । पहिलो तलामा मास्टर बेडरुमसहित दुई बेडरुम, बाथरुम, कमन ट्वाइलेट र फेमिली लाउन्ज हुनेछ । दोस्रो तलामा एट्याच बेडरुम, ट्वाइलेट, युटिलिटी रुम र टेरेस हुने बताइएको छ ।

के–अप भिल्ला पनि तीन तलाका हुनेछन्, जसको ग्राउन्ड तलामा लिभिङ रुम, किचेन, डाइनिङ र बाथरुम हुनेछ । यस्तै, पहिलो तलामा मास्टर बेडरुम, बेडरुम, बाथरुम, फेमिली लाउन्ज हुनेछ । दोस्रो तलामा मल्टिप्रपोज रुम, बेडरुम, बाथरुम हुनेछ । टप फ्लोरमा एउटा बेडरुम, बाथरुम, स्टोर र पुजा कोठा हुने बताइएको छ । यो घरमा दोस्रो तलाको टेरेसमा सानो स्वीमिङ पुल पनि हुनेछ ।

एफ भिल्ला दुई तलाको हुनेछ । ग्राउन्ड तलामा लिभिङ रुम, किचेन, डाइनिङ र वाथरुम हुनेछ । पहिलो तलामा मास्टर बेडरुमसहित दुई बेडरुम, बाथरुम, एट्याच बाथरुम, फेमिली लाउञ्‍ज, दोस्रो तलामा एउटा बेडरुम, मल्टिप्रपोज रुम, कमन वाथरुम र स्वीमिङ पुल हुनेछ । यस्तै, टपमा पुजा कोठा र लाउन्डी रुम हुनेछ ।

एफबी भिल्ला बेसमेन्ट सहितको हुनेछ । बेसमेन्टमा होम थियटर र जिम हल हुनेछ भने ग्राउन्ड तलामा लिभिङ रुम, किचेन, डाइनिङ र वाथरुम हुनेछ । यस्तै, पहिलो तलामा एट्याचसहितको मास्टर बेडरुम, बेडरुम, बाथरुम, फेमिली लाउन्ज हुनेछ । दोस्रो तलामा मल्टिप्रपोज रुम, एट्याचसहितको बेडरुम, कमन बाथरुम र स्वीमिङ पुल हुनेछ । टपमा पुजा कोठा र लाउन्डी हुनेछ ।

हाउजिङ परियोजनामा बन्‍ने सबै घरहरु भूकम्प प्रतिरोधी हुने कम्पनीको भनाई छ । आधुनिक र वेल इक्विपमेन्ट भएको क्लब हाउस, चौबिसै घण्टा पानीको सुविधा, चौबिसै घण्टा पावर ब्याकअप, सोलार वाटर हिटिङ सिष्टम, हाई स्पिड इन्टरनेट नेटवर्क, सन डेस्कसहितको स्वीमिङ पुल, बच्चाका लागि स्वीमिङ पुल, विद्युतीय गाडीको चार्जिङ प्वइन्ट र पार्किङ, फायर फाइटिङ सिष्टम र स्मार्ट डोरलक लगायत सुविधा हुनेछ ।

हाउजिङ रिङरोड (एकान्तकुना)बाट २.३० किमी दुरीमा रहेको छ । यस्तै, एयरपोर्ट १० किमी, मन्त्री निवास ४ सय मिटर, हस्पिटल १.३० किमी दुरीमा रहेका छन् ।

भीआइपी आवास क्षेत्र

भैंसेपाटी काठमाडौं उपत्यकाकै सबैभन्दा धेरैको रोजाईको आवासीय क्षेत्र हो । त्यहाँ मन्त्री, ठूला नेताहरु, व्यवसायी, उच्चपदस्थ कर्मचारीलगायत एलिट बर्गको बसोबास छ । शहरबाट नजिकै रहेको भैंसेपाटीबाट नजिकै हरियाली जंगल र उत्तरतर्फ हिमालसमेत देखिन्छन् ।  

पछिल्लो समय भैंसेपाटीमा मन्त्री र मुख्य मन्त्रीका क्वार्टरहरु बनिरहेका छन् । मन्त्रै क्वार्टरबाट सिजी हिल्स प्रिमियम ४ सय मिटर दुरीमा छ । यस्तै, मेडिसिटी हस्पिटलबाट १.३ किमी दुरीमा पर्छ । यस्तै, झम्सीखेल, जावलाखेल, पुल्चोक, कुमारीपाटी, लगनखेल भैंसेपाटीबाट नजिकै पर्छन् ।

शहरका उत्कृष्ट मध्येका स्कुल कलेजहरु पनि भैंसेपाटीबाट ४/५ किलोमिटर दुरीमै रहेका छन् । 

शहरका उच्चवर्गको बसोबास हुनाले भैंसेपाटी सुरक्षाका हिसावले पनि अब्बल नै मानिन्छ । मन्त्री र मुख्यमन्त्रीको बसाई सुरु भएपछि थप सुरक्षा व्यवस्था कडा हुनेछ ।

यस ग्रुपले दुई दशकअगाडि काठमाडौं रेजिडेन्सी र माउन्ट भ्यू रेजिडेन्सी निर्माण गरेको थियो । सिजीले हात्तीगौंडामा सक्सेसफुल लक्जरियस हाउजिङ परियोजना निर्माण गरिसकेको छ । 

यही ग्रुपले कुपण्डोल हाईटमा शहरकै प्रिमियम लक्जरियस अपार्टमेन्ट परियोजना समिट रेसिडेन्सेस पनि निर्माण सुरु गरेको छ । 

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल