नक्सालमा बन्दैछ ११ तले ‘स्काइवान अपार्टमेन्ट’, मूल्य १७ करोडसम्म

कम्पनीका अनुसार चार बडेरुम अपार्टमेन्ट ३६ सय वर्गफीट र डुप्लेक्स अपार्टमेन्ट ६५ सय वर्गफीट क्षेत्रफलको हुने छन् ।

367B408218B985F-icon.png
5987views
3879727454C610E-skyone-apartment-final.jpg

काठमाडौं । काठमाडौंको केन्द्र मानिने नक्सालमा हाईइन्ट लक्जरी ‘स्काइवान अपार्टमेन्ट’ निर्माण सुरु भएको छ । एमसी समूह र केएल दुगड समूह साझेदार रहेको स्काइलाइन डेभलपर्सले करिव दुई अर्ब रुपैयाँ लगानीमा लक्जरी अपार्टमेन्ट निर्माण गर्न लागेको हो ।

कम्पनीले १४ युनिटको लक्जरियस अपार्टमेन्ट निर्माण गरिरहेको छ । १४ युनिटमध्ये ६ वटा डुप्लेक्स र आठवटा चार बेडरुम अपार्टमेन्ट हुनेछन् । चर बेडरुम अपार्टमेन्टको मूल्य ९–१० करोड र डुप्लेक्स युनिटको १६–१७ करोड रुपैयाँ मूल्य तोकिएको छ ।

कम्पनीका अनुसार चार बडेरुम अपार्टमेन्ट ३६ सय वर्गफीट र डुप्लेक्स अपार्टमेन्ट ६५ सय वर्गफीट क्षेत्रफलको हुने छन् । अपार्टमेन्ट परियोजना निर्माण सुरु नहुँदै करिव सबै युनिट बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।

गत वर्ष नै निर्माण सुरु गरिएको अपार्टमेन्ट दुई वर्षभित्र निर्माण सम्पन्‍न गरेर ग्राहकलाई हस्तान्तरण गर्ने कम्पनीले लक्ष्य राखेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भइरहेको यो अपार्टमेन्ट ११ तलाको हुनेछ । यस्तै, डबल बेसमेन्ट पार्किङ सुविधा उपलब्ध हुनेछ ।

आलोक विद्याश्रम विद्यालय भत्काएर सोही जग्गामा अपार्टमेन्ट निर्माण थालिएको हो । अपार्टमेन्टमा इन्डोर हिटेड स्वीमिङ पुल, जिम हल, डबल हाइट लबी, कन्फ्रेन्स हल, गेमिङ जोन लगायत सुविधाहरु रहनेछन् । 

अपार्टमेन्टका कोठाहरुमा इटालियन मार्बलको फ्लोरिङ, आर्किटेक्चर पनि उच्च गुणस्तरणको प्रयोग गरिने बताइएको छ । 

महंगा अपार्टमेन्टमा आकर्षण

पछिल्लो समय काठमाडौं उपत्यकामा महंगा लक्जरी अपार्टमेन्ट निर्माण सुरु भएका छन् । ललितपुरको कुपण्डोलमा निर्माण भइरहेको समिट रेसिडेन्सेसमा एउटै अपार्टमेन्ट ३० करोडसम्म बिक्री भएको बताइन्छ ।

महंगो मूल्यका अपार्टमेन्ट पनि निर्माण सुरु नहुँदै पुरै बुकिङ भइसकेको सम्बन्धित निर्माण पक्षको भनाई छ । स्काईवान अपार्टमेन्ट पनि निर्माण सुरु नहुँदै सबै युनिट बिक्री भइसकेको कम्पनीले बताएको छ । यस्तै, समिट रेसिडेन्सेसका अधिकांश युनिट बिक्री भइसकेका छन् ।

०७२ को भूकम्पको घाउ विर्सिएर मानिसले गगनचुम्बी भवनको बसाई खोज्‍न थालेका छन् । यही मौकामा रियलस्टेट व्यवसायीहरु प्रिमियम लक्जरीयस अपार्टमेन्ट निर्माणमा जुटेका हुन् । 

यसअघि कहिल्यै रियलस्टेटमा लगानी नगरेका व्यवसायीहरुले पनि पछिल्लो समय अपार्टमेन्ट निर्माणमा हात हाल्ने घोषणा गरेका छन् । ०७२ पछि एउटै अपार्टमेन्ट निर्माण नहुँदा बिक्रीका लागि स्टक सकिइसकेका छन् । तर, अहिले उपत्यकामा बन्दै गरेका अपार्टमेन्ट मध्यमवर्गका लागि नभएर उच्चमध्यम र उच्चवर्गलाई लक्षित गरिएको छ ।

आरभी इन्भेष्टमेन्ट्सले ज्ञानेश्वरमा ४ करोड ४१ लाखदेखि १२ करोडसम्म पर्ने लक्जरियस अपार्टमेन्ट ‘आभ्रा भिल्लाज’ बनाउँदै छ । गुड कर्मा ग्रुपले महाराजगञ्‍जमा हाइइन्ड लक्जरी अपार्टमेन्ट ‘कर्मा रेसिडेन्सेस’ बनाउन सुरु गरेको छ भने डाँफे डेभलपर्सले रविभवनमा ५ करोडसम्म मूल्य पर्ने अपार्टमेनट निर्माण सुरु गरेको छ ।
 

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल