कमलादीको स्काई वाक भ्यू टावर अंग्रेजी नयाँ वर्षदेखि सञ्‍चालनमा आउने

कोभिड महामारीका कारण निर्माणमा ढिलाई भइरहेको स्काई टावरको काम अन्तिम चरणमा पुगेको वन्डर्स नेपालले जनाएको छ ।

367B408218B985F-icon.png
4894views
5EA925E45246C95-Sky-walk-Towrer-final.jpg

काठमाडौं । नेपालकै पहिलो स्काई वाक भ्यू टावर अंग्रेजी नयाँ वर्षदेखि सञ्‍चालनमा आउने भएको छ । काठमाडौंको कमलादीमा बनिरहेको स्काई टावर जनवरी २०२३ देखि सञ्‍चालनमा आउने भएको हो ।

कोभिड महामारीका कारण निर्माणमा ढिलाई भइरहेको स्काई टावरको काम अन्तिम चरणमा पुगेको वन्डर्स नेपालले जनाएको छ । अंग्रेजी नयाँ वर्षसम्म सर्वसाधारणलाई अवलोकनका लागि खुला गर्ने गरी टावर निर्माणको काम भइरहेको सञ्‍चालक दामोदर न्यौपानेले बताए ।  

अहिले टावरको माथि सिसा राख्‍ने र फिनिसिङको काम भइरहेको छ । टावरको भुइँमा पार्किङ, बगैँचा र  ३८ वटा सटर निर्माण गरिएको छ  । व्यापारिक सटरको बुकिङ समेत खुला गरिसकेको कम्पनीले जनाएको छ । 

स्काई टावर ७५ मिटर अग्लो हुनेछ, जसको टपका दुई तलामा सयभन्दा बढी क्षमताको रेष्टुरेन्ट हुनेछ । टावरमा राखिएका लिफ्टबाट भुईं तलाबाट सिधै ६८ मिटर उचाईमा पुगेर रोकिने छ । त्यहाँ सभा हल र रेस्टुरेन्ट हुनेछन् ।

टावरको सबैभन्दा माथिल्लो भागको भुइँमा पारदर्शी सिसाको बाटो बनाइनेछ, जहाँ हिँड्दा आकाशमै हिँडेको जस्तो अनुभूति हुनेछ । सिसा राखिएको ठाउँमा एक पटकमा पाँच सय जनासम्म चढ्न सक्नेछन् । दुईवटा लिफ्टबाट एकैपटक २४÷२४ जना मान्छे टावर चढ्न सक्नेछन् । 

स्काई टावर चढ्नको लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्‍ने सञ्‍चालक न्यौपानेले बताए । उपत्यकाको मुटुमा निर्माण गरिएको स्काई टावर मनोरञ्‍जनको केन्द्र बन्‍ने उनको विश्‍वास छ ।

स्काई टावर १८ महिनामा निर्माण सम्पन्‍न गरेर सञ्‍चालनमा ल्याउने लक्ष्यसहित २०७६ मंसिरमा शिलन्यास गरिएको थियो । तर, लगत्तै सुरु भएको कोभिड महामारीका कारण निर्माणमा ढिलाई भएको कम्पनीको दाबी छ ।

१३.२ रोपनी क्षेत्रफलमा बनेको टावरमा नेपाली भवनको ढाँचा अनुसार झन्डै २८ तला हुने छ । टावर निर्माणमा स्टिल स्ट्रक्चर प्रयोग गरिएको छ । टावर बनाउने जिम्मा अमर कन्स्ट्रक्सन र स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएका छन् ।

स्काई वाक टावरमा दैनिक साढे चार हजार जनालाई अवलोकन गारउन सकिने बताइएको छ । यो टावरमा ११ जना लगानीकर्ता साझेदार छन् । 

टावरमा अण्डरग्राण्डसहित १५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल