सुधिर बस्‍नेतको ‘भेगास सिटी’ अपार्टमेन्ट लिलाममा किन्‍ने भेटिएनन्, सञ्‍चय कोषले फेरी निकाल्यो सूचना

बस्नेतले ऋण तिर्न नसकेपछि कर्मचारी सञ्चय कोषले १० रोपनी ९ आना र सोही जग्गामा बनेको भवन खरिद गर्न इच्छुक ग्राहकलाई १५ दिनभित्र प्रस्ताव पेश गर्न भनिएको छ । 

367B408218B985F-icon.png
28442views
B768C36A64C0374-AD3477D090B3EC0-thagi-kanda-apartment_20200312135858.jpg

काठमाडौं । व्यवसायी सुधिर बस्‍नेतको ललितपुर महालक्ष्मी नगरपालिका–२ ग्वार्कोस्थित आवासीय अपार्टमेन्ट ‘भेगास सिटी’का निर्माणाधीन भवनहरु लिलामीका लागि फेरी सूचना निस्किएको छ ।

बस्‍नेतले ऋण तिर्न नसकेपछि कर्मचारी सञ्‍चय कोषले १० रोपनी ९ आना २ पैसा जग्गा र सोही जग्गामा निर्माणाधीन भवनहरु खरिद गर्न इच्छुक ग्राहकलाई १५ दिनभित्र प्रस्ताव पेश गर्न भनिएको छ । 

सञ्‍चय कोषले पटक–पटक लिलाम बिक्रीको सूचना निकाले पनि निर्माणाधिन अपार्टमेन्ट खरिद गर्ने ग्राहक भेटिएका छैनन् । कोषले यसअघि असार २०७९ मा लिलाम बिक्रीका लागि २१ दिनभित्र प्रस्ताव पेश गर्न भन्दै सार्वजनिक सूचना निकालेको थियो । 

त्यसभन्दा दुई वर्षअघि पनि कोषले कोहिनुर अपार्टमेन्ट लिलामीका लागि सार्वजनिक सूचना जारी गरेको थियो । तर, बस्‍नेतबाट पिडितले अपार्टमेन्ट लिलामी रोक्न अदालतमा मुद्दा हालेपछि प्रकृया रोकिएको थियो ।

ऋणी बस्‍नेतले पटक पटक म्याद दिँदा पनि कर्जा भुक्तानी गर्न नआएका ऋण सम्झौतामा भएको शर्तहरु उल्लंघन गरेकोले धितो लिलामी गर्न लागेको कोषले बताएको छ ।

बस्‍नेत घरजग्गा व्यवसायबाट टाट पल्टिएपछि एक दशकभन्दा बढी समयदेखि कोहिनुर अपार्टमेन्ट अलपत्र अवस्थामा छ । अपार्टमेन्ट निर्माणका लागि बस्‍नेतले कोषमा सोही प्रोपर्टी धितोका रुपमा राखेका थिए । 

बस्नेतले आफ्नो परियोजनाका लागि कोषबाट एक अर्ब ३८ करोड रुपैयाँको कर्जा प्रस्ताव स्वीकृत गराए पनि २३ करोड ७० लाख रुपैयाँ लैजान पाएका थिए । 

कोषबाट स्वीकृत कर्जा लैजाने क्रममै अन्य बैंकहरुको बस्‍नेतले ऋण नतिरेको भन्दै कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्‍न भनेपछि बाँकी रकम लैजान पाएनन् । कोषबाट स्वीकृत ऋण लिएर सबै हाउजिङ तथा अपार्टमेन्ट परियोजना सम्पन्‍न गर्ने बस्‍नेतको योजना थियो । तर, सोही बिचमा बैंकहरुले उनलाई कालोसूचिमा राखेपछि कोषले बाँकी रकम दिन अस्विकार गरेको थियो । 

यदि कोहिनुर हिल हाउजिङले १५ दिनभित्र कोषको ऋण चुक्ता गरेको खण्डमा भने प्रोपर्टी लिलामीमा जाने छैन् ।

कोषबाट यो ऋण सुधीर बस्‍नेत र उनकी श्रीमती नितु थापाले लिएका थिए । कोषले लिलामी प्रकृयामा लैजान लागेको सम्पत्तिको भाउ कति हो भनेर केही पनि खुलाएको छैन ।

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल