कुपण्डोलमा एउटै फ्ल्याटको साढे १३ करोड पर्ने लक्जरी अपार्टमेन्ट बन्दै

यही ग्रुपले काठमाडौंको ज्ञानेश्वरमा एउटै फ्ल्याटको साढे १४ करोडसम्म पर्ने प्रिमियम अपार्टमेन्ट ‘आभ्रा भिलाज अपार्टमेन्ट’ निर्माण गर्दैछ ।

367B408218B985F-icon.png
1726views
689645096DA781F-Sangrilla-Apartmetn-final.jpg

काठमाडौं । ललितपुरको कुपण्डोलमा एउटै फ्ल्याटको साढे १३ करोड रुपैयाँसम्म पर्ने अपार्टमेन्ट निर्माण हुने भएको छ ।

आरभी ग्रुपले कुपण्डोलमा उच्चवर्गलाई लक्षित गर्दै प्रिमियम लक्जरियस ‘सांग्रिला अपार्टमेन्ट’ निर्माण गर्न लागेको हो । 

यही व्यवसायिक ग्रुपले काठमाडौंको ज्ञानेश्‍वरमा एउटै फ्ल्याटको साढे १४ करोडसम्म पर्ने प्रिमियम अपार्टमेन्ट ‘आभ्रा भिलाज अपार्टमेन्ट’ निर्माण गर्दैछ ।

दुबै अपार्टमेन्ट परियोजनाको बुकिङ खुला भइसकेको छ । ज्ञानेश्‍वरको अपार्टमेन्ट निर्माण सुरु भइसकेको छ भने कुपण्डोलको आगामी दशैं–तिहारपछि निर्माण सुरु गर्ने बताइएको छ ।

आरभी ग्रुपले कुपण्डोल कानदेवता थाननजिकै अपार्टमेन्ट बनाउन लागेको हो । तीन रोपनी क्षेत्रफलमा बन्‍ने अपार्टमेन्ट भवन १४ तलाको हुनेछ ।

अपार्टमेन्टमा साढे ७ सयदेखि ५ हजार वर्गफिटसम्मका ३६ युनिट उपलब्ध हुनेछन् । कम्पनीले साढे ७ सय वर्गफिटको अपार्टमेन्टलाई १ करोड ८० लाख रुपैयाँ मूल्य तोकेको छ । यो अपार्टमेन्टमा अधिकतम साढे १३ लाख मूल्यसम्मका अपार्टमेन्ट युनिट उपलब्ध हुनेछन् ।

रिङरोडभित्र सुविधा सम्पन्‍न अपार्टमेन्ट खोज्‍नेहरु लागि सांग्रिला अपार्टमेन्ट उपयुक्त विकल्प हुने आरभी ग्रुपको विश्‍वास छ । 

अपार्टमेन्ट निर्माणमा जग्गा बाहेक करिव एक अर्ब लाग्‍न सक्ने अनुमान गरिएको छ । हरेक फ्ल्याटबाट उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिने गरी अपार्टमेन्ट निर्माण गरिँदै छ ।

अपार्टमेन्टमा स्वीमिङ पुल, जिम, साउन, स्टिम, सामुदायिक हल, चिल्ड्रेन पार्क, अन्डरग्राउन्ड पार्किङ लगायत सुविधा हुनेछन् । 

सांग्रिला अपार्टमेन्टमा फ्ल्याट बुकिङका लागि ३० प्रतिशत रकम अग्रिम बुझाउनुपर्ने हुन्छ । कम्पनी आफैले फाइनान्सिङको सुविधा उपलब्ध गराउन बैंकसँग सहमति गरेको छ ।

यही समूहले भैंसेपाटी क्षेत्रमा ‘कार्यविनायक होम्स’ बनाइसकेको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल