भैंसेपाटीमा मन्त्री निवास ९० प्रतिशत निर्माण सम्पन्‍न

मन्त्री क्वाटरमा हेल्थ क्लब, स्वीमिङ पुलदेखि हेलिप्याडसम्म निर्माण गरिने छ । साथै, ग्रिनरी, कम्युनिटी हल, ग्रोसरी सप लगायत सुविधाहरु पनि निर्माण हुनेछन् । 

367B408218B985F-icon.png
2190views
4EE70C42ADE4ACB-A0499E83793F370-B4CA8CA234015E1-0B842BEAA60CC3B-mantri-niwash-1000x477.jpg

काठमाडौं । ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेका मन्त्री, प्रदेश प्रमुख तथा मुख्यमन्त्री आवास निर्माण करिव अन्तिम चरणमा पुगेको छ ।

०७९ फागुन मसान्तसम्म मन्त्री आवास ९० प्रतिशत र प्रदेश प्रमुख तथा मुख्यमन्त्री आवास ९१ प्रतिशत निर्माण सम्पन्‍न भएको आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

मन्त्री निवास (दोस्रो चरणको) ३७ प्रतिशत र चन्डी दल भवनको ५८ प्रतिशत निर्माण सम्पन्‍न भएको छ । यस्तै, सिंहदरबारमा निर्माण भइरहेको संघीय संसद भवन ६१ प्रतिशत निर्माण सम्पन्‍न भएको बताइएको छ । 

०७९ फागुनसम्म ललितपुरको गोदावरीमा ३ हजार र रुपन्देहीको बुटवलमा १ हजार व्यक्ति क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण सम्पन्न भएको छ । गोदावरी सभाहलमा शनिबार ‘मिस नेपाल’को फाइनल आयोजना गरिएको थियो ।

अहिले विभिन्न जिल्लामा १८ सभाहल निर्माणाधीन अवस्थामा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यस्तो बन्दैछ मन्त्री क्वाटर 

मन्त्री क्वाटरमा धेरै आधुनिक सेवा सुविधाहरु उपलब्ध हुनेछन् । मन्त्री क्वाटरमा हेल्थ क्लब, स्वीमिङ पुलदेखि हेलिप्याडसम्म निर्माण गरिने छ । साथै, ग्रिनरी, कम्युनिटी हल, ग्रोसरी सप लगायत सुविधाहरु पनि दोस्रो चरणमा निर्माण हुनेछन् । 

मन्त्री क्वाटरका भवन नेपाली मौलिक शैलीमा निर्माण गरिँदै छ जहाँ प्रवेशका लागि निजी र सार्वजनिक गरी दुईवटा प्रवेशद्धार हुनेछन् । 

१२ रोपनी क्षेत्रफलमा २७ आवास भवन र ६ वटा अन्य भवन निर्माण हुनेछन भने ३८ रोपनी क्षेत्रफलमा ग्रिनरी हुनेछ । 

आन्तरिक सडकका लागि २१ रोपनी क्षेत्रफल छुट्याइएको छ । यस्तै, ११ रोपनी क्षेत्रफल हेल्थ क्लबका लागि छुट्याइएको छ । ७ रोपनीमा कम्युनिटी हल बन्‍नेछ भने साढे २ रोपनी क्षेत्रफलमा ग्रोसरी सप बन्‍नेछ । 

आवास परियोजनाभित्र मन्त्रीका परिवार, पाहुना लगायतका लागि प्रर्याप्त पार्किङ सुविधा उपलब्ध हुनेछ । त्यहाँ एक सयवटा गाडी पार्किङ गर्न मिल्ने ठाउँ निर्माण गरिनेछ ।

मन्त्री क्वाटरको भुइँतलामा लबी, मिटिङ रुम, मन्त्रीले मान्छे भेट्नका लागि निजी कोठा, कर्मचारी सुत्ने कोठा, गार्ड कोठा लगायत हुनेछन् । पहिलो तलामा मन्त्री सुत्ने मास्टर बेडरुम, परिवारका सदस्यहरु सुत्ने कोठा, बैठक कोठा, भान्छा र डाइनिङ रुम हुनेछन् । दोस्रो तलामा पाहुना सुत्ने÷बस्ने २ वटा कोठा, पुजा कोठा र लाउन्ड्री हुनेछ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल