स्वदेशी सिमेन्टको खपत बढाउन सडक निर्माणमा ढलान प्रविधि अवलम्बन गरिने

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डको आधारमा ढलान गर्ने प्रविधि अवलम्वन गर्ने बताएका हुन् ।

367B408218B985F-icon.png
2064views
1F7EE73DD2C6010-Dhalan-FInal.jpg

काठमाडौं । सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमा पनि सडक निर्माणमा ढलान प्रविधि अवलम्बन गर्ने घोषणा गरेको छ । 

सोमबार संसदमा वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्‍चित मापदण्डको आधारमा ढलान गर्ने प्रविधि अवलम्वन गर्ने बताएका हुन् ।

यो प्रविधिबाट टिकाउ र गुणस्तरीय सडक निर्माण हुनुका साथै बिटुमिनको आयात समेत घट्ने विश्‍वास अर्थमन्त्री महतको छ ।

चालु आवको बजेटमा पनि तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले पहाडी क्षेत्रमा सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट र डन्डीको प्रयोग गर्ने घोषणा गरेका थिए । सडक निर्माणमा कंक्रिट (सिमेन्ट, डन्डी, गिट्टी र बालुवा) प्रयोग गर्ने व्यवस्थाबाट स्वदेशी सिमेन्ट तथा डन्डी उद्योगहरुले बजार पाउनेछन् । 

बिटुमिन र रोडाको मिश्रणबाट कालोपत्रे गरिएको सडकभन्दा सिमेन्ट र रोडाको मिश्रणबाट बनाइने कंक्रिट ढलान बढी टिकाउ हुने सडक विभागको तर्क छ । सिमेन्ट कंक्रिटको ढलान प्रविधि सुरुमा महँगो भए पनि धेरै टिकाउ हुन्छ ।

धौवादी फलाम खानी उत्खनन गरिने

अर्थमन्त्री डा. महतले नवलपरासीको धौवादी फलाम खानीको विस्तृत सर्भेक्षण, विस्तृत परियोजना प्रतिवेदन तयारी र वातावरणीय सम्भाव्यता अध्ययन सम्पन्‍न गरी उत्खनन कार्य प्रारम्भ गर्ने बजेटमा घोषणा गरेका छन् । 

यस्तै, नेपालभित्र खानीजन्य उद्योगको प्रवद्र्धन गर्न दैलेखमा पेट्रोलियम पदार्थ, नवलपरासी र पर्वतमा फलाम, मकवानपुरमा ग्रेनाइट, स्लावस्टोन र सेरामिक्स, अर्घाखाँचीमा चुन ढुङ्गा तथा धादिङमा डोलामाइटको अन्वेषण र उत्खनन कार्य अगाडि बढाइने भएको छ । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल