सरकारले बनाइरहेका विशेष भवनहरु कुन–कुन हुन् ? कस्तो छ प्रगति ?

शहरी विकास मन्त्रालयका अनुसार सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद भवनको निर्माणतर्फ सम्पूर्ण ब्लकहरुको स्ट्रक्चरको काम करिव सम्पन्न भएको छ ।

367B408218B985F-icon.png
406views
E3AF34DF85FE427-chief-minister-province-chief-quarter-valley (12).jpg

काठमाडौं । शहरी विकास मन्त्रालयले विशेष आयोजनाका रुपमा करिव आधा दर्जन सरकारी भवन निर्माण गरिरहेको छ । जसमध्ये कतिपय भवनको काम सम्पन्‍न भइसकेको छ भने कतिपयको निर्माण जारी रहेको छ ।

विशेष भवन निर्माण आयोजनाअन्तर्गत संघीय संसद भवन, सैंबु भैंसेपाटी मन्त्री आवास, भैंसेपाटीमै प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय, सिंहदरबारमै चण्डीदल गणका लागि भवन निर्माण, प्रधानमन्त्री आवास निर्माण रहेका छन् ।

जसमध्ये प्रधानमन्त्री आवास निर्माण सम्पन्‍न भइसकेको छ । यस्तै, भैंसेपाटी आवास क्षेत्रभित्र बनाइएका प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय पनि केही महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरिसकेका छन् । तर, भवन निर्माण सम्पन्‍न भएपनि बाहिर बगैंचा, वाटर फाउन्टेन, ग्रिनरी लगायत साजसज्जाका धेरै काम गर्न अझै बाँकी छ । 

शहरी विकास मन्त्रालयका अनुसार सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद भवनको निर्माणतर्फ सम्पूर्ण ब्लकहरुको स्ट्रक्चरको काम करिव सम्पन्न भएको छ । ९ वटा ब्लकको रुफ ट्रसको काम सम्पन्न भएको, ६ वटा ब्लकको छाना छाउने काम सम्पन्‍न भएको, सम्पूर्ण ब्लकहरुमा ब्रिक वर्क कार्य र प्लास्टरको काम करिव सम्पन्‍न हुनै लागेको छ । 

इन्टेरियर कार्यको सम्झौता भइ निर्माण कार्य अघि बढेको छ । यस्तै, गत आवमा उक्त भवन निर्माण कार्यको भौतिक प्रगति करिव २१ प्रतिशत रहेको र समग्रमा भौतिक प्रगती ६६ प्रतिशत पुगेको मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।

सैंबु भैंसेपाटीमा मन्त्री आवासका २७ वटा ब्लकहरुको स्ट्रक्चर निर्माण र छाना छाउने काम सम्पन्‍न भइसकेको छ । सबै ब्लकहरुमा फ्लोर फिनिसिङ, फल्स सिलिङ, इलेक्ट्रिकल, प्लम्बिङ, डोर एन्ड विन्डोको काम भइरहेको छ ।

मन्त्री आवास आयोजनाकै दोस्रो प्याकेजअन्तर्गत इन्टेरियरतर्फ २७ वटै ब्लकहरुमा फर्निचर र वाल पेन्टिङको काम करिव सम्पन्न हुन लागेको छ । गत आवसको अन्तिमसम्म मन्त्री क्वार्टर निर्माण कार्यको भौतिक प्रगति २० प्रतिशत र समग्रमा भौतिक प्रगती ९२ प्रतिशत पुगेको बताइएको छ ।

मन्त्री निवासकै दोस्रो चरणको कामतर्फ ६ वटा ब्लकमा स्ट्रक्चरको काम सम्पन्‍न भएको छ भने कतिपय फ्लोरमा ग्राउन्ड फ्लोर स्ल्याब कास्टिङ कार्य सकिएको छ । यस्तै, तीनवटा ब्लकमा रुफ ट्रसको काम पनि सम्पन्‍न भइसकेको छ । 

चन्डीगल गणका लागि सिंहदरबारभित्र भवन निर्माण भइरहेको छ । यस भवन निर्माण कार्यको भौतिक प्रगती करिव ५१ प्रतिशत रहेको र समग्रमा भौतिक प्रगाती ६६ प्रतिशत रहेको बताइएको छ ।

राष्ट्र बैंकले व्यक्तिगत आवास कर्जाको सिमा बढाइ साढे दुई करोड पुर्यायो

कस्तो आयो मौद्रिक नीति ? (पूर्णपाठ)

अपि पावरले झम्सिखेलमा १० तलाको लक्जरी अपार्टमेन्ट बनाउने

गत आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्र घरजग्गा किनबेच घट्यो, राजश्व संकलन बढ्यो

एक वर्षमा तीन अर्ब ८५ करोडको सिमेन्ट निर्यात

एनएमबि बैंकमा ८.९२ प्रतिशत ब्याजदरमै घरकर्जा सुविधा

असारमा अपार्टमेन्ट किनबेच २४ महिनायताकै धेरै (चार्टसहित)

जेठ महिनाको तुलनामा असारमा कित्ताकाट पनि घट्यो

AD22CDEA06D9324-fff.jpg

व्यवसायीले घरजग्गा किनबेचको समग्र विवरण मालपोतमा बुझाउनुपर्ने, शंकास्पद कारोबार राष्ट्र बैंकलाई

F5B35599835BF5D-Construction-.jpg

पूर्वाधारमा बजेट बढ्यो, तर खर्च गर्ने आधार कमजोरै

FC2C470E42ADA29-Construction-workers-make-quake-proof-houses-for-Shigeru-Ban-Nepal-House-Project.jpg

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण