मुकेश अम्बानी, गौतम अडानीदेखि विराट कोहलीसम्म अयोध्यामा, यी हुन् भीआईपी अतिथिहरू

रजनीकान्त, धनुषदेखि विक्की कौशल, कट्रिना कैफ, कंगना रनौतसम्म दक्षिणी सुपरस्टार अयोध्या पुगेका छन् ।

367B408218B985F-icon.png
263views
F721846B19F7130-Ram Mandir_VIP Guest Final.jpg

अयोध्या । मरियम पुरुषोत्तम भगवान श्रीरामको जन्मस्थल अयोध्याको वातावरण भक्तिमय बनेको छ । सडकमा त्रेतायुग जस्तो दृश्य देखिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी भगवान श्रीरामको बालस्वरूप रामललाको अभिषेक गर्न बिहान अयोध्या पुगेका छन् । 

यसअघि नै  रामललाको ढोकामा उनलाई स्वागत गर्न भीआईपी पाहुनाहरु आएका छन् ।  रजनीकान्त, धनुषदेखि विक्की कौशल, कट्रिना कैफ, कंगना रनौतसम्म दक्षिणी सुपरस्टार अयोध्या आएका छन् ।

अयोध्या राम मन्दिरमा रामललाको अभिषेक समारोहको लागि पूर्ण रूपमा तयार छ। प्राणप्रतिष्ठा कार्यक्रम पुस शुक्ल द्वादशी अभिजित मुहूर्तको दिन स्थानी समयअनुसार १२ः२० मा (नेपाली समयअनुसार १२ः३५ बजे) सम्पन्न हुनेछ । यस कार्यक्रमका लागि श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले ३ हजार भिभिआईपीसहित ७ हजार जनालाई आमन्त्रण गरेको छ । 

यसमा रतन टाटादेखि मुकेश अम्बानी, गौतम अडानीसम्मका व्यापारी आएका छन् ।

उद्योगीहरु

मुकेश अम्बानी
गौतम अडानी
रतन टाटा
कुमार मंगलम बिर्ला
एन चन्द्रशेखरन
अनिल अग्रवाल
एनआर नारायण मूर्ति

खेलाडीहरू

सचिन तेन्दुलकर
विराट कोहली
महेन्द्र सिंह धोनी
दिपिका कुमारी

चलचित्र क्षेत्रका हस्तीहरु 

कार्यक्रममा बलिउड र टलिउडका सेलिब्रेटीहरुको पनि सहभागिता रहनेछ । कार्यक्रममा भारतीय चलचित्रका महानायक अमिताभ बच्चन सहभागी हुनेछन् ।

यसैबीच यस कार्यक्रमका लागि सुपरस्टार रजनीकान्त अयोध्या पुगेका छन् । यसका अलावा अक्षय कुमार, अनुपम खेर, माधुरी दीक्षित, चिरञ्जीवी, सञ्जय लीला भन्साली, मोहनलाल र धनुष पनि कार्यक्रममा सहभागी छन् ।

यी बाहेक रणदीप हुडा, रणवीर कपूर, अनुष्का शर्मा, कंगना रनौत, ऋषभ शेट्टी, मधुर भण्डारकर, अजय देवगन, ज्याकी श्राफ, टाइगर श्राफ, यश, प्रभास, आयुष्मान खुराना, आलिया भट्ट र सनी देओल कार्यक्रममा सहभागी हुनेछन्।
 -नवभारत टाइम्सबाट

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

9A2E6C2058FB5DA-Nepali-cement-quality_20200119110243.jpg

८ महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात

800A21B9852146A-Nepali-cement-quality_202001191102431682231740.jpg

सात महिनामा दुई अर्बभन्दा बढीको साढे २१ लाख टन सिमेन्ट र क्लिंकर निर्यात

05E5171DC67061A-Ram Mandirrrrr.jpg

भव्य समारोहबीच अयोध्यामा निर्मित राममन्दिरमा रामललाको मूर्तिमा प्राण प्रतिष्ठा हुँदै