चितवनमा पनि खुल्ने भयो भिभान्ता होटेल

काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा

367B408218B985F-icon.png
647views
EAF476A5D5D7013-Vivanta Chitwan 1.jpg

काठमाडौं । भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन संचालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसिएलले जनाएको छ ।

आईएचसीएलकी न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा तेस्रो होटेलका रुपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धी रहेको बताइन् ।

देशको प्रमुख शहरी केन्द्रहरूमध्येको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्‍ज र लुम्बिनी जस्ता विश्‍व सम्पदाहरूको प्रवेशद्वार हो । भिभान्ता चितवन आईएचसीएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो । यस अवधीमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन् ।

भिभान्ता चितवनले आफ्नो बेग्लै शैली र भावना प्रस्तुत गरेको छ । यस होटलमा अतिथीहरूको सम्मानमा विशेष ध्यानपूर्वक निर्माण गरिएका ४५ रूमहरू छन् । यी प्रत्येक रूमहरू सुन्दर ढंगले सुसज्जित छन् । भिभान्ताका सुइटमार्फत पाहुनाहरूले सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृष्य हेर्न सक्नेछन् ।

साथै, पाहुनाहरूले होटलको मिन्टमा डिनरसहित विभिन्‍न खानाको स्वाद लिन सक्नेछन् भने होटलको बार ‘विंक’ मा आरामका साथै भरपुर मनोरञ्जनको स्वाद पाउनेछन् । 

वेलनेस र मनोरञ्‍जनका लागि यस होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङ पुल रहेको छ जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृष्य देख्‍न सकिन्छ । यस होटलमा २४०० वर्ग फुटको सभाहल छ । र, बिजनेस सेन्टर समेत रहेका छन् ।

नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुख व्यवसायिक केन्द्रको रूपमा परिचित छ । ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृस्यसम्मका विविध अनुभव दिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।

सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्‍जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्ता मार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ ।’

इन्डियन सव कन्टिनेन्ट र मिडल इस्टमा चौधरी गु्रप र आईएचसीएलबीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एण्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताज जुमेराह लेक टावर्स, भारतमा ताज सफारी र नेपालमा मेघौली सेराई संचालनमा छन् ।

सिजीका होटेल १७८ पुगे

दुई दशकभन्दा बढी गौरवपूर्ण इतिहास बोकेको सीजी हस्पिटालिटी ग्लोबलले टाटा समूहको आईएचसीएलसँग ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र माल्दिभ्सको ताज कोरल रिफ र कोलम्बोको ताज समुद्रमा लगानी गरेर आफ्नो आतिथ्य सत्कार व्यवसाय सुरु गरेको थियो । यो साझेदारी आज ५ देशका ११ होटलहरूमा विस्तार भइसकेको छ ।

सिजी हस्पिटालिटीका अन्य साझेदारहरूमा अग्रणी होटल ब्रान्डहरू जस्तै भारतमा फर्न होटल्स, श्रीलंकामा जेटविङ एण्ड सिलोन होटल्स ग्रुप, न्यूयोर्कमा र्याडिसन, केन्यामा फेयरमन्ट होटल रहेका छन् । 

सिजी हस्पिटालिटीसँग वेलनेस रिट्रीट, द फार्म इन फिलिपिन्स, जिंक, फर्न र बीकन जस्ता आफ्नै होटल ब्रान्डहरू पनि रहेका छन् । आज सिजी हस्पिटालिटीको पोर्टफोलियो १२ देशका  ११४ गन्तव्यमा १० हजार भन्दा बढी रुम क्षमताका साथ १७८ भन्दा बढी होटल र रिसोर्टहरू छन् ।   

आईएचसीएल भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी हो । प्रतिष्ठित आतिथ्य ब्रान्डहरु जस्तै ताज, भीभान्ता, सेलेक्यूसन तथा जिन्जरमार्फत आईएचसीएलले विश्‍वस्तरीय सेवा दिईरहेको छ । आईएचसीएलले आफ्नो पहिलो होटल दि ताज महल प्यालेस सन् १९०३ मा मुंवइमा खोलेको थियो । हाल आईएचसीएलसँग १३ देशहरुका १०० भन्दा बढी स्थानमा ३०६ होटेलहरूको पोर्टफोलियो रहेको छ ।

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

D0A8FAF9C5FECD6-Screenshot-2023-10-16-124719.png

‘लेमन ट्री प्रिमियर’ बन्यो बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटेल

DAA4FFAED909A5D-Hotel Forest Inn .jpg

तीन अर्बमा तयार भयो ‘होलीडे इन’, बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे

5B35FD2D2AB1645-Screenshot_2023-11-08_174143_ljVmfhCzuW.png

नक्सालमा खुल्यो ‘होलिडे इन एक्सप्रेस’, दुई अर्ब लगानी