'एक्सचेञ्‍ज अफर'ले बढाउँदै घरजग्गा कारोबार

पछिल्लो समय घरजग्गामा एक्सचेञ्ज अफर प्रभावकारी बन्न थालेको छ । घरजग्गा एजेन्सी मात्र होइन, डेभलपर नै घरजग्गा एक्सचेञ्जमा केन्द्रित छन् । मन्दीले ठप्प भएको घरजग्गा कारोबार केही हदसम्म चलायमान बनाउन मद्दत भएको छ ।

367B408218B985F-icon.png
8650views
F1762DF5321E77C-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं । कुनै समय थियो, ‘बैना टु बैना’ घरजग्गा किनबेच हुन्थ्यो । प्लटिङको जग्गा नक्सांकन नहुँदै बुकिङ सकिन्थ्यो । हाउजिङ डेभलपरहरुले घर बिक्री गर्न साइटमा कित्ताकाट गरेर घरको जग खन्‍नु पर्दैनथ्यो, कागजमा घरको डिजाइन तयार भएपछि धमाधम बुकिङ सुरु भइहाल्थ्यो ।

घरजग्गाको व्यवसाय पनि अति नै फस्टाएको थियो । बैना टु बैना कारोबारमै मनग्ये कमाइ हुने गथ्र्यो । एउटै जग्गा छोटो अवधिमा पटक–पटक कारोबार हुन थालेपछि मूल्य पनि उचाईमा पुगेको थियो । 

तर, सधै समय एकनास चल्दैन । मन्दीले गुल्जार बनेको घरजग्गा व्यवसायमा कालो बादल मडारिन थाल्यो । आन्तरिक तथा वाह्य कारणले सिर्जित मन्दीको पहिलो असर घरजग्गा कारोबारमा देखिन थाल्यो । राष्ट्र बैंकले घरजग्गामा ऋण नै प्रवाह गर्न नसक्ने गरी कडाई गरिदियो । सरकारले पनि घरजग्गा कारोबार निरुत्साहित हुने गरी विभिन्‍न नीतिगत व्यवस्था गर्यो ।

०७७ चैतमा महिनामै ८७ हजार घरजग्गा किनबेच भएकोमा घटेर २५ हजारसम्ममा झरेको थियो । अहिले पनि घरजग्गा कारोबार पुरानो लयमा फर्किन सकेको छैन ।यद्यपी पछिल्लो समयमा घरजग्गा कारोबार बढ्न भने थालेको छ ।

घरजग्गा कारोबारमा भ्याइनभ्याई भएका व्यवसायी पनि मन्दीपछि फुर्सदिला बनेका छन् । घरजग्गा खरिद गर्ने ग्राहक भेट्याउनु भनेको भगवान भेट्याउनु सरह भइसकेको घरजग्गा व्यवसायी नै बताउँछन् । 

एक्सचेञ्जमा केन्द्रित

एकातिर अझै पनि बैंकले घरजग्गा धितो कर्जा प्रवाहमा कडाई गरेको छ । अर्कोतिर व्यापार व्यवसाय र कामधन्दा चौपट हुँदा मान्छेसँग नगद पनि छैन् । जसले गर्दा घरजग्गा कारोबार बढ्न सकेन । 

घरको आवश्यकता हुनेहरुले अर्को ठाउँको जग्गा बिक्री गर्न नसकेर यत्तिकै बसिरहेका छन् । सानो घरबाट ठूलो सुविधा सम्पन्‍न घरमा सिफ्ट हुन चाहनेहरुले पनि मन्दीकै कारण आफ्नो योजना पेन्डिङमा राखेर बसे । किनभने, पुरानो घर बिक्री नभइ अर्को घर खरिद गर्ने अवस्था रहेन ।

पछिल्लो समय घरजग्गामा एक्सचेञ्‍ज अफर प्रभावकारी बन्‍न थालेको छ । घरजग्गा एजेन्सी मात्र होइन, डेभलपर नै घरजग्गा एक्सचेञ्‍जमा केन्द्रित छन् । मन्दीले ठप्प भएको घरजग्गा कारोबार केही हदसम्म चलायमान बनाउन मद्दत भएको छ ।

काठमाडौंमा महंगा घरजग्गा (पोपर्टी) किनबेच गराउँदै आएको नेपालहोम्स सर्चले मन्दीमा घरजग्गा किनबेच ठप्प भएपछि एक ठाउँको घरजग्गासँग अर्को ठाउँको घरजग्गा सट्टापट्टाको काम गर्दै आएको छ । घरजग्गा एक्सचेञ्‍जको काम नगरी टिक्न नसक्ने अवस्था आएको नेपालहोम्स सर्चका सञ्‍चालक प्रकाश सुब्बाले भने ।

‘धेरै मान्छेसँग क्यास छैन्, एक ठाउँको घरजग्गा बिक्री नहुँदा अर्को ठाउँमा पनि किन्‍न सकिरहेका छैनन्’ सुब्बाले भने, ‘मैले पनि एक्सचेञ्जको काम गरिरहेको छु, एक्सचेञ्‍जले अलिअलि कारोबार पनि चलमलाएको छ ।’

पद्य कोलोनीले सितापाइलस्थित फोर्थ फेजका घर बिक्री गर्न एक्सचेञ्‍ज अफर ल्याएको छ । एक ठाउँको जग्गासँगा हाउजिङको घर साटफेर गर्न पाउने सुविधा । पद्यले फोर्थ फेजमा ४५ घरमध्ये २५ भन्दा बढी घर बिक्री गरिसक्यो । यी घरहरु नगदमा भन्दा पनि बढी एक्सचेञ्‍ज अफरमा गइरहेको पद्य कोलोनीकी सेल्स म्यानेजर सुशीला सुवेदीले बताइन् । 

पद्यमले घरको मूल्यको ५० प्रतिशत जग्गा र ५० प्रतिशत नगद लिएर घर बिक्री गरिरहेको छ । ‘एक्सचेञ्‍ज अफर नल्याएको भए काम गर्न गाह्रो पथ्र्यो होला, तर एक्सचेञ्‍ज अफरले घर बिक्री गर्न खासै समस्या परेको छैन’ उनले भनिन्, ‘एक्सचेञ्‍ज अफरमा काम गर्दा छुट दिन पनि परेन, दुबै पक्ष ‘वीन–वीन’ हुने अवस्था हुने रहेछ ।’

नेपालहोम्स सर्चका सञ्‍चालक सुब्बा पनि ५० प्रतिशत अर्को ठाउँको घरजग्गा र ५० प्रतिशत नगद लिएर एक्सचेञ्जमा काम गरिरहेको बताउँछन् । ‘मान्छेलाई घर किन्नुपर्ने छ, तर अर्को ठाउँको जग्गा बिक्री गर्न सकिरहेको छैन, ग्राहक नै कि एक्सचेञ्‍ज सुविधा देउ, कि एक वर्षको भाका देउ जग्गा बिक्री गरेर पैसा तिर्छु भन्छन्’ उनले भने, ‘यस्तो अवस्थामा घरजग्गा बिक्री गर्ने र खरिद गर्ने दुबै पक्षलाई सुविधा भयो ।’

एक्सचेञ्‍ज अफर नल्याए घरजग्गा बिक्री गर्न कठिन रहेको सुब्बाको भनाई छ । ‘नगद हुनेहरुले घरजग्गा मूल्य धेरै घटाएर खरिद गर्न खोज्छन्, धेरैसँग नगद नै छैन, नगद हुनेहरु पनि अहिलेको तरल अवस्थाका कारण घरजग्गा खरिद गर्न डराइरहेको अवस्था छ’ उनले भने, ‘यसैले अहिले धेरै व्यवसायीहरु एक ठाउँको पोपर्टीसँग अर्को ठाउँको पोपर्टी साटफेर गराउन केन्द्रित भइरहेका छन् ।’

उनले भने, ‘म आफै बुढानिलकण्ठमा ६४ आनामा बनेको घर महाराजगञ्जको जग्गासँग साटफेर गराउन लागिरहेको छु, जग्गाको मूल्य ६५ लाख प्रतिआना भनेका छन्, ठूला प्रोपर्टीमा घरको मूल्य राखिदैन्, ५० प्रतिशत जग्गा र ५० प्रतिशत नगदसँग साटफेर गर्न घरधनी तयार हुँदैछन् ।’

यस्तै, व्यवसायी दीपक मलहोत्रा नेतृत्वको नेपाल रियल इस्टेट म्यानेजमेन्ट कम्पनीले देशभरका जुनसुकै ठाउँमा रहेका घरजग्गासँग ललितपुर र भक्तपुरको हाउजिङमा घर वा जग्गा साटफेर गर्न पाउने सुविधा दिएको छ । 

चाँगुनारायण र भैंसेपाटीमा बनिरहेको हाउजिङमा यस्तो सुविधा प्राप्त गर्न सकिने छ । चाँगुनारायको हाउजिङमा १४२ युनिट र भैंसेपाटीमा ५५ युनिट रहेका छन् । 

डाउनटाउन हाउजिङले ललितपुरको धापाखेलमा १०२ रोपनी क्षेत्रफलमा निर्माण गरिरहेको हाउजिङ परियोजनामा किस्ताबन्दी योजना ल्याएको हो ।  परियोजनामा ४० प्रतिशत रकम डाउनपेमेन्ट गरेपछि बाँकी किस्ता ३६ देखि ७२ महिनासम्म तिर्न सकिने व्यवस्था गरिएको छ । 

अहिले देशैभर मन्दीका कारण घरजग्गा कारोबार एक्सचेञ्‍जमा भइरहेको बताइन्छ । घरजग्गा कारोबारमा एक्सचेञ्‍ज अफर प्रभावकारी समेत बन्दै गइरहेको घरजग्गा व्यवसायीको भनाई छ । 

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

80861E67EF7BAD6-1709616394-YJWs4.jpg

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

4E1B9CE7D39BA9E-434754304_10100998870976524_1233377876666275296_n.jpg

सरकारी तथ्यांक नै भन्छ– निर्माण र रियल इस्टेट क्षेत्र अझै मन्दीमै (चार्टसहित)

B16C398B6DE6E5C-nnn.jpg

११ महिनामा १४% ले बढ्यो घरजग्गा कारोबार, तर राजश्‍व घट्यो