आगामी महिनाका लागि चालू महिनाको अन्तिम दिनसम्म ब्याजदर तोक्नुपर्ने व्यवस्थाअनुसार बैंकहरूले भदौ महिनाका लागि नयाँ व्याजदर सार्वजनिक गरेका हुन् ।

काठमाडौं । बैंकमा निक्षेपको ब्याजदर घट्ने क्रम जारी छ । साउनको तुलनामा भदौ महिनामा धेरै वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरुले भदौ महिनाका लागि प्रकाशित गरेको ब्याजदरको विवरणअनुसार भदौमा २० मध्ये १२ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन् । ६ वाणिज्य बैंकले भने साउनकै ब्यादर भदौका लागि पनि कायम गरेको प्रकाशित विवरणमा देखिन्छ ।
अहिले आगामी महिनाका लागि चालू महिनाको अन्तिम दिनसम्म ब्याजदर तोक्नुपर्ने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको हो ।
धेरै बैंकले ब्याजदर घटाएपछि भदौ महिनामा पनि औषत ब्याजदर ०.१८ बिन्दूले घटेको छ । साउनम वाणिज्य बैंकहरुको औषत ब्याजदर ६.७२ प्रतिशत रहेकोमा भदौमा घटेर ६.५४ प्रतिशतमा झरेको देखिन्छ ।
दुई वाण्ज्यि बैंकहरु हिमालयन र प्रमाइम कमर्सियल बैंकले भने भदौका लागि मुद्दती निक्षेपको ब्याजदर क्रमशः ०.७५ र ०.२५ प्रतिशत बिन्दूले बढाएका छन् ।
साउन र भदौका लागि एउटै ब्याजदर कायम राख्ने बैंकहरुमा सिटिजन्स, नबिल, ग्लोबल आइएमई, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट र कुमारी बैंक रहेका छन् ।
एनएमबि र एनआइसी एशियामा धेरै ब्याजदर
भदौ महिनामा मुद्दती खातामा सबैभन्दा बढी ब्याजदर एनएमबि र एनआइसी शिया बैंकमा पाइने भएको छ । भदौका लागि ०.१२ प्रतिशत बिन्दूले ब्याजदर घटेपनि एनएमबि र एनआइसी एशिया बैंकले मुद्दती निक्षेपमा ७.४१ प्रतिशत ब्याज दिने भएका छन् ।
यस्तै, नबिल र स्टान्डर्ड चार्टर्ड बैंकले मुद्दति निक्षेपमा ७।७ प्रतिशत ब्याजदर दिनेछन् ।
मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर सरकारी स्वामित्वको नेपाल बैंकले ५.२५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५.५ प्रतिशत दिने भएका छन् ।
निक्षेपको ब्याजदर घटेपछि कर्जाको ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेको ब्याजदर घट्ने वित्तिकै बैंकको कष्ट अफ फन्ड घट्न जान्छ । बैंकको कष्ट अफ फन्ड घट्ने वित्तिकै आधार दर (बेसरेट) पनि घट्ने र कर्जाको ब्याजदर पनि घट्ने हुन्छ ।
मुद्दती निक्षेपमा कुन बैंकको कति ब्याजदर ?
| बाणिज्य बैंकहरू | साउनको ब्याजदर (%) | भदौको ब्याजदर (%) | फरक |
| एनएमबी | ७.५३ | ७.४१ | -०.१२ |
| एनआइसी एसिया | ७.५३ | ७.४१ | -०.१२ |
| सिटिजन्स | ६.७५ | ६.७५ | ०. |
| हिमालयन | ६.२५ | ७ | ०.७५ |
| माछापुच्छ्रे | ७ | ६.५ | -०.५ |
| नबिल | ७ | ७ | ०. |
| सिद्धार्थ | ६.७५ | ६.५ | -०.२५ |
| प्राइम कमर्सियल | ६.५ | ६.७५ | ०.२५ |
| सानिमा | ६.४ | ६.२ | -०.२ |
| प्रभु | ७ | ६ | -१. |
| लक्ष्मी सनराइज | ६.५ | ५.५ | -१. |
| ग्लोबल आइएमई | ६.२५ | ६.२५ | ०. |
| स्ट्यान्डर्ड चार्टर्ड | ७ | ७ | ०. |
| एभरेष्ट | ६.३ | ६.३ | ०. |
| नेपाल इन्भेष्टमेन्ट | ७ | ६.५ | -०.५ |
| नेपाल बैंक | ६.२५ | ५.२५ | -१. |
| राष्ट्रिय वाणिज्य | ६.२१ | ६.०७ | -०.१४ |
| नेपाल एसबिआई | ६.३ | ६.३ | -०.०५ |
| कृषि विकास | ६.२९ | ६.०५ | -०.२४ |
| कुमारी | ६.७१ | ६.७१ | ०. |
| औषत | ६.७२ | ६.५४ | -०.१८ |