यता छन् तीन करोडसम्मका अपार्टमेन्ट बिक्रीमा

पछिल्लो समय बनाउन सुरु गरिएका धेरै अपार्टमेन्ट अझै पुरा भएका छैनन् । ती पनि मन्दीले होल्डमा गइसकेका छन्

367B408218B985F-icon.png
684views
D1FD081C99C56ED-Apartment news cover image.jpg

काठमाडौं । ०७२ को विनाशकारी भूकम्पपछि नयाँ अपार्टमेन्ट परियोजनाहरु नबनेको हुँदा स्टकमा नयाँ अपार्टमेन्ट युनिट त्यति छैनन् । 

पछिल्लो समय बनाउन सुरु गरिएका धेरै अपार्टमेन्ट अझै पुरा भएका छैनन् । ती पनि मन्दीले होल्डमा गइसकेका छन् । यसैले अपार्टमेन्ट किनबेच पनि निकै न्यून छ । तैपनि नयाँ तथा पुराना अपार्टमेन्ट फाट्टफुट्ट किनबेच भने भइरहेकै छन् । 

हामीले काठमाडौं उपत्यकामा बिक्रीमा राखिएका सवा करोडदेखि तीन करोडसम्मका अपार्टमेन्टका बारेमा जानकारी गराउँदै छौं ।     

१) ललितपुरको नख्खुमा रहेको सनराइज अपार्टमेन्टमा चार बेडरुम हलको अपार्टमेन्ट बिक्रीका लागि लिस्टिङ गरिएको छ । पश्चिम मोहडा फर्किएको सेमिफर्निस्ड अपार्टमेन्टको मूल्य दुई करोड २० लाख रुपैयाँ तोकिएको छ । अपार्टमेन्टमा पार्किङ एथेष्ट रहेको छ ।

२) सनराइज अपार्टमेन्टमै चौथो तल्लामा अर्को तीन बेडरुम हलको सुसज्जित अपार्टमेन्ट बिक्रीमा राखिएको छ । पूर्वी मोहडा फर्किएको यस अपार्टमेन्टको क्षेत्रफल ११ सय २० वर्गफुट रहेको छ, जसको बिक्री मूल्य एक करोड ८० लाख भनिएको छ ।

३) पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टमा ८६० वर्गफुट क्षेत्रफल भएको दुई बेडरुम हलको अपार्टमेन्ट बिक्रीमा छ । दक्षिण मोहडा फर्किएको यो अपार्टमेन्ट दोस्रो तल्लामा छ । जसको मूल्य एक करोड ४० लाख रुपैयाँ तोकिएको छ ।

४) धापासीमा ७१४ वर्गफुट क्षेत्रफल भएको एक बेडरुम हलको अपार्टमेन्ट बिक्रिका लागि लिस्टिङ गरिएको छ । पूर्वी मोहडा फर्किएको यस अपार्टमेन्टको मूल्य एक करोड २५ लाख राखिएको छ ।

५) ललितपुरको नख्खुमा रहेको सनराइज अपार्टमेन्टमै अर्को युनिट पनि बिक्रीमा छ । दुई बेडरुम हलको अपार्टमेन्ट दक्षिण मोहडा फर्किएको छ । ८२२ वर्गफुट क्षेत्रफल रहेको यो अपार्टमेन्टको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकिएको छ ।

६) ललितपुरको हात्तिवनस्थित क्लासिक टावरको चौथो तल्लामा सुविधायूक्त अपार्टमेन्ट युनिट बिक्रीमा उपलब्ध छ । ११ सय ५० वर्गफुट क्षेत्रफल भएको तीन बेडरुम हलको अपार्टमेन्टको दक्षिणतर्फ मोहडा फर्किएको छ । यो अपार्टमेन्टको मूल्य एक करोड ६७ लाख तोकिएको छ ।

७) अनामनगरमा रहेको सनराइज सिटी होम्समा ११ सय ६४ वर्गफुट क्षेत्रफलको तीन बेडरुम हलको अपार्टमेन्ट बिक्रीमा छ । पूर्वी मोहडा फर्किएको यो अपार्टमेन्ट दोस्रो तल्लामा छ, जसको मूल्य दुई करोड ८० लाख राखिएको छ ।

८) ललितपुरको धापाखेलमा रहेको डाउनटाउन अपार्टमेन्टमा १०३३ वर्गफुट क्षेत्रफलको अपार्टमेन्ट बिक्रीका लागि लिस्टिङ गरिएको छ । तीन बेडरुम हलको अपार्टमेन्ट पूर्वतर्फ फर्किएको छ । सुविधा सम्पन्न यो अपार्टमेन्टको मूल्य एक करोड ८७ लाख तोकिएको छ ।

९) धापाखेलकै डाउनटाउन अपार्टमेन्टमा अर्को पनि अपार्टमेन्ट युनिट बिक्रीमा छ । १२ सय ९५ वर्गफुट क्षेत्रफलमा फैलिएको तीन बेडरुम हलको अपार्टमेन्ट एघारौं तलामा अवस्थित छ । उत्तर–पूर्वी मोहडा फर्किएको सुविधासम्पन्न अपार्टमेन्टको मूल्य दुई करोड ३० लाख तोकिएको छ ।

१०) हात्तिवनको सिटीस्केप अपार्टमेन्टमा तेस्रो तल्लामा स्थित पूर्वी मोहडा फर्किएको एक बेडरुमहलको अपार्टमेन्ट बिक्रिमा रहेको छ । सम्पूर्ण सुविधाले युक्त यस ७५० वर्ग फुट क्षेत्रफलको फर्निस्ड अपार्टमेन्टको बिक्रि मूल्य १ करोड ५० लाख राखिएको छ ।

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान