घरजग्गा क्षेत्रमा कर्जाको माग बढ्न थाल्यो

चालू आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस)मा घरजग्गा क्षेत्रमा २० अर्ब ७१ करोड रुपैयाँ कर्जा थपिएको छ ।

367B408218B985F-icon.png
410views
7C2B0B771EE7A8E-249A7077D859949-4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

काठमाडौं । अर्थतन्त्र सकरात्मक सुधार देखिन थालेपछि घरजग्गा कारोबार क्षेत्रमा पनि उत्साह छाउन थालेको छ । पछिल्लो समय घरजग्गा कारोबारले लय समात्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुमा घरजग्गा कर्जाको माग पनि बढ्न थालेको देखिन्छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस)मा घरजग्गा क्षेत्रमा २० अर्ब ७१ करोड रुपैयाँ कर्जा थपिएको छ । जसमध्ये दुई करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जा १५ अर्ब १५ करोड र रियल इस्टेट कर्जा पाँच अर्ब ५७ अर्ब रुपैयाँ प्रवाह भएको देखिन्छ ।

अघिल्लो महिना मंसिरसम्म पाँच महिनामा व्यक्तिगत आवासीय घरकर्जा ११ अर्ब १४ करोड रुपैयाँले बढेको थियो । पुसमा मात्रै यस्तो कर्जा करिव चार अर्बले बढेको छ । जसले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर घरजग्गा किन्ने र घर बनाउनेहरु बढ्न थालेको शंकेत गर्छ ।

पछिल्ला महिनाहरुमा घरजग्गा किनबेच, कित्ताकाट र राजश्व संकलन बढ्दै गइरहेको छ । पुसमा मात्रै देशभरका मालपोत कार्यालयबाट ४८ हजार १५६ घरजग्गाको लिखत पारित, एक लाख १५ हजार १३४ कित्ताकाट, ७१ युनिट अपार्टमेन्ट किनबेच र सवा चार अर्ब रुपैयाँ मालपोत राजश्व संकलन भएको छ । यो चालु आर्थिक वर्ष साउनयताकै उच्च रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट रियल इस्टेट शिर्षकको कर्जा पाँच अर्ब ५७ करोड रुपैयाँ प्रवाह भएको देखिन्छ । तर, रियल इस्टेट शिर्षक अन्तर्गतकै रेसिडेन्सियल रियल इस्टेट (२ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा बाहेक) र जग्गा खरिद तथा प्लटिङ कर्जा भने घटेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ६ महिनामा रेसिडेन्सियल रियल इस्टेट कर्जा दुई अर्ब २४ करोड र जग्गा खरिद तथा प्लटिङ कर्जा एक अर्ब ५८ करोड रुपैयाँले खुम्चिएको छ । 

यो अवधिमा कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा एक अर्ब ७४ करोड, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्समा एक अर्ब ५२ करोड, निश्चित उद्देश्य प्रष्ट नपारिएको तर रियल इस्टेट शिर्षकमै प्रवाह भएको ५० लाख वा सो भन्दा बढीको कर्जा चार अर्ब ३३ करोड रुपैयाँले बढेको छ ।

यो पनि पढनुहोस् 

अब बढ्न थाल्यो घरजग्गा कारोबार, पुसमा ४८ हजार लिखत पारित

पुसमा यस आर्थिक वर्षकै धेरै अपार्टमेन्ट किनबेच

पुस महिनामा साउनयताकै उच्च कित्ताकाट

धेरै राजश्व संकलन गर्ने प्रमुख पाँच मालपोत कार्यालय काठमाडौं उपत्यकाकै

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने