विश्वकै चर्चित नेपाली क्लब ‘एलओडी’ले पुरा गर्‍यो सञ्चालनको छैठौं वर्ष

यसै अवसरमा क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउने भएको हो ।

367B408218B985F-icon.png
273views
74EBFCBE811A7CE-IMG-20250209-WA0000.jpg

 

काठमाडौँ । विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा पर्न सफल ठमेलस्थित एलओडी क्लब 'लर्ड अफ द ड्रिंक्स’ले ६ वर्ष पुरा गरेको छ । यसै अवसरमा क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउने भएको हो ।

शनिवार साँझ क्लबमा  पूर्ण राई तथा दाजुभाइ, श्रीगो एण्ड द गेन र लिसियस डिजेले प्रस्तुति दिएको क्लबका निर्देशक भूपेन कुँवरले बताए । 

उनका अनुसार ६ वर्ष ६ दिन भनेर विशेष वार्षिकोत्सव मनाइएको हो । क्लबले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिन लागिएको उनको भनाइ छ ।

'रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गराएको छ, ' उनले भने,' हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राखेका छौँ । विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन् । अहिले विभिन्न मुलुकले क्लबकै कारण नाम थाहा पाएका छन् ।'

माघ २८, फागुन १, २, ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । २८ गते कुमासागर एण्ड द ख्वापले प्रस्तुती गर्ने छन् । साथै फागुनको एक, दुई, आठ र नौ गते क्रमशः समीर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुति दिने भएका छन् ।

एलओडी विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागिता रहने गर्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा